अजिता हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

अजिता हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

काठमाडौं (पहिचान) माघ १४ – नेपाल मानवअधिकार संगठन मकवानपुरले तेस्रोलिंगी अजिता भुजेलको हत्या भएको आजसम्म हत्यारा पत्ता नलागेको खवरले दुखी बनाएको बताएको छ । संगठनकी बागमती प्रदेश प्रमूख अप्सरा बस्नेतले विज्ञप्ती निकालेर हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेकी छन् । उनले सर्वसाधारणको बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग समेत गरेकी छन् ।

संगठनले मकवानपुर जिल्लामा बिगत केही समयदेखि मानव अधिकार उल्लंघनका घटना बृद्धि हुदै गैरहेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ती मार्फत संगठनले जिल्लाको मात्रै नभइ बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा दुई दिनको अन्तरमा दुईजना ब्यक्तिको हत्या भएको घटनाले नेपाल मानव अधिकार संगठन,मकवानपुर शाखा स्तब्ध भएको उल्लेख गरेको छ ।

२०७६ साल माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने तेस्रोलिंगीहरुको अधिकारको हकमा वकालत गर्दै आएकी अजिता भुलेजको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने संगठनले माग गरेको छ । बिज्ञप्तीमा तेस्रोलिंगी पहिचान सहित नागरिकता समेत लिन सफल अजिता भुजेलको हत्या भएको हालसम्म हत्यारा पत्ता नलागी सकेको खबरले दुखी बनाएको उल्लेख गरिएको छ ।

यस्तै वुमन एक्टकी अध्यक्ष सिर्जना अधिकारीले तेस्रोलिंगी अजिता भुजेल हत्या घटनाले तास बढेको भन्दै अनुशन्धान गरेर हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेकी छन् । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा अधिकारीले तेस्रोलिंगी भएकै आधारमा अजिताले निकै समस्या भोग्नुपरेको र ज्यान समेत गएको भन्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनै पर्ने बताइन् ।

यसैबीच अजिताको हत्या अनुशन्धानका लागि नेपाल प्रहरीको विशेष टोली आज हेटौडा गएको छ । अपराध अनुशन्धान महाशाखालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेपछि अनुशन्धानमा सहयोग गर्न बिशेष टोली हेटौडा गएको महाशाखाले जनाएको छ  । टोलीले अजिता हत्याको अनुशन्धान गरिरहेको मकवानपुरको टोलीलाई सहयोग गर्नेछ ।

अजिता हत्याले तेस्रोलिंगी त्रसित, अनुशन्धानमा प्रहरीको बिशेष टोली खटिदै (भिडियो)

अजिता हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न माग

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.