ब्लो अफ डार्क टिम ‘ए’ लाई ट्रान्स मेन फुटवल प्रतियोगिताको उपाधी

ब्लो अफ डार्क टिम ‘ए’ लाई ट्रान्स मेन फुटवल प्रतियोगिताको उपाधी

काठमाडौं (पहिचान) माघ १९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ट्रान्स मेनहरुको फुटवल प्रतियोगिताको उपाधी ब्लो अफ डार्क टिम ‘ए’ ले जितेको छ । अध्यारोको तुफान समुहले आयोजना गरेको प्रतियोगितामा ब्लो अफ डार्क टिम ‘बि’ लाई १ का विरुद्ध ६ गोलले पराजित गर्दै टिम ‘ए’ले उपाधी जितेको हो ।

टिम ‘ए’ लाई जिताउन म्यान अफ द म्याच सिमोन तामाङले एक्लैले ५ गोल गरे भने पदम रोकायले एक गोल थपे । टिम ‘बि’ का खेलाडी लिम्बु बाबाले एक गोल फर्काए ।

१०/१० जना ट्रान्स मेनको सहभागिता रहेको प्रतियोगितामा पहिलो हुनेले गोल्ड मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका आयोजक ब्लो अफ डार्कका अध्यक्ष सुसन दनुवारले जानकारी दिए । दोस्रो हुने टिमले सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गरे । टिम ‘ए’ को क्याप्टेनमा पदम रोकाय र टिम ‘बि’ को क्याप्टेनमा रेवन लिम्बु थिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल, नील हिरा समाज, मितिनी नेपाल, समावेशी फोरम लगायतका संस्था, व्यक्तिगत रुपमा अविरल गुरुङ र सोनु अर्जि लामाले सहयोग गरेका अध्यक्ष दनुवारले बताए ।

काठमाडौंको नयाँबजारमा रहेको सोसल ग्राउण्डमा भएको प्रतियोगितामा ट्रान्स मेनको मात्रै सहभागिता रहेको उनले बताए । फुटवल

प्रतियोगिता आयोजना गर्दा लगभग २२ हजार रुपैयाँ खर्च भएको अध्यक्ष दनुवारले जानकारी दिए ।

अघिल्लो बर्ष राष्ट्रिय खेलकूद परिषद्ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने सन् २०१३ मा दक्षिण एसियाली यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको खेलकुद महोत्सव दशरथ रंगशालामा भएको थियो ।

मन्त्री बिश्वकर्माको प्रश्न, यो क्षमता खोजेर भेट्न सक्छौ र ? (भिडियो)

 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.