स्वीट्जरल्याण्डमा ‘एलजिबिटी’ व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमा मतदान हुँदै

स्वीट्जरल्याण्डमा ‘एलजिबिटी’ व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमा मतदान हुँदै

काठमाडौं (पहिचान) माघ २६ – लैंगिक तथा यौनिक पहिचानका आधारमा व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमाथि स्वीट्जरल्याण्डमा मतदान हुँदैछ । एलजिबिटी (गे, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर) समुदायका व्यक्तिमाथि उनीहरुको यौनिक तथा लैंगिक पहिचानका आधारमा विभेद गर्न पाइने वा नपाइने भन्ने पक्षमा स्वीट्जरल्याण्डका मतदाताले आइतबार आफ्नो मत दिँदै छन् ।

यौनिक तथा लैंगिक पहिचानकै आधारमा व्यक्तिमाथि हुने विभेद वा फरक व्यवहारलाई कानूनी रुपमा दण्डनीय बनाउने वा नबनाउने भन्ने निर्णयका लागि स्वीट्जरल्याण्डका नागरिकले मत दिन लागेका हुन् ।

व्यक्तिको छालाको रंग तथा उसले मान्ने धर्मका कारण उसमाथि गरिने कुनै पनि प्रकारको फरक व्यवहार वा विभेद स्वीट्जरल्याण्डमा कानूनी रुपमा दण्डनीय छ । एलजिबिटी अधिकारको पक्षमा रहेकाहरु यौनिक तथा लैंगिक पहिचानका आधारमा हुने कुनै पनि प्रकारको फरक व्यवहारलाई दण्डनीय बनाउन नहुने पक्षमा छन् ।

स्वीट्जरल्याण्डका एलजिबिटी समुदायले आफूहरुले पनि कानूनी सुरक्षा प्राप्त गर्ने अपेक्षा गरेका छन् । कानूनको विपक्षमा रहेकाहरुले यसले व्यक्तिको वाक स्वतन्त्रतामाथि बन्देज लगाउने तर्क गर्दै आएका छन् । उनीहरुले गे का बारेमा गरिने जोक्समा पनि आफूहरुमाथि कारवाही हुन सक्ने बताएका छन् ।

तर स्वीट्जरल्याण्डका सुधारिएका चर्चहरुले एलजिबिटी समुदायका व्यक्तिमाथि उनीहरुको लैंगिक तथा यौनिक पहिचानकै आधारमा विभेद गर्न नपाइने कानूनको समर्थन गरेका छन् । र पनि केही धार्मिक समूहले भने कानूनको विरोध गरेका अन्तराष्ट्रिय संचारमाध्यम बीबीसीले जनाएको छ ।

स्वीट्जरल्याण्डमा समलैंगिक सम्बन्ध तथा पाट्नर्सिप कानूनी मान्यता प्राप्त छ । तर समलैंगिक विवाहले हालसम्म कानूनी मान्यता पाएको छैन । समलैंगिक विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी विधेयक संसदमा लैजाने तयारी भने छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading