निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

होमोफोबियाको विपक्षमा स्वीस नागरिक, बन्ने भयो विभेदविरुद्धको कानून

होमोफोबियाको विपक्षमा स्वीस नागरिक, बन्ने भयो विभेदविरुद्धको कानून

600
SHARES

काठमाडौं (पहिचान) माघ २७ – स्वीट्जरल्याण्डका नागरिकले लैंगिक तथा यौनिक पहिचानका आधारमा व्यक्तिमाथि विभेद गर्न नपाइने पक्षमा अत्यधिक बहुमत दिएका छन् ।

एलजिबिटी (गे, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर) समुदायका व्यक्तिमाथि उनीहरुको यौनिक तथा लैंगिक पहिचानका आधारमा विभेद गर्न पाइने वा नपाइने भन्ने पक्षमा स्वीट्जरल्याण्डमा हिजो आइतबार जनमतसंग्रह भएको हो ।

जसमा होमोफोबियाको विपक्षमा अत्यधिक मत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पपुलिस्ट स्वीस पिपुल्स पार्टी (एसभिपी) ले होमोफोबियाको पक्षमा आक्रमक रुपमा चुनावी अभियान चलाए पनि स्वीट्जरल्याण्डका नागरिकले यौनिक तथा लैंगिक पहिचानकै आधारमा व्यक्तिमाथि हुने विभेद वा फरक व्यवहार कानूनी रुपमा दण्डनीय बनाउनु नपर्ने पक्षमा मत दिएका हुन् ।

व्यक्तिको छालाको रंग तथा उसले मान्ने धर्मका कारण उसमाथि गरिने कुनै पनि प्रकारको फरक व्यवहार वा विभेद स्वीट्जरल्याण्डमा यसअघि नै कानूनी रुपमा दण्डनीय छ ।

योसँगै स्वीट्जरल्याण्डका एलजिबिटी समुदायले कानूनी सुरक्षा प्राप्त गर्ने भएका छन् । कानूनको विपक्षमा रहेकाहरुले यसले व्यक्तिको वाक स्वतन्त्रतामाथि बन्देज लगाउने तर्क गर्दै आएका छन् ।

स्वीट्जरल्याण्डमा समलैंगिक सम्बन्ध तथा पाट्नर्सिप कानूनी मान्यता प्राप्त छ । तर समलैंगिक विवाहले हालसम्म कानूनी मान्यता पाएको छैन । समलैंगिक विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी विधेयक संसदमा लैजाने तयारी भने छ ।

समाचार शेयर गर्नुहोस्
600
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.