दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टरको कोरोना भाइरसका कारण निधन

दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टरको कोरोना भाइरसका कारण निधन

काभ्रे (पहिचान) चैत्र २० – दुईपटक क्यान्सरलाई जितेका अमेरिकी डाक्टरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

न्यू जर्सी राज्यको इस्ट अरेन्ज जनरल हस्पिटलको आकस्मिक कक्षमा कार्यरत डा. फ्र्याङ्क गाब्रिनको कोरोना भाइरस संक्रमणका कारण मंगलबार निधन भएको उनका श्रीमान आर्नल्ड भर्गासले बताएका छन् ।

न्यूयोर्क सिटीमा बस्दै आएका डा. गाब्रिनले ९ महिनाअघि इस्ट अरेन्ज हस्पिटलमा काम गर्न थालेका थिए । यस्तै उनले न्यूयोर्कको लङ्ग आइल्याण्डस्थित हस्पिटलमा पनि काम गर्ने गरेको श्रीमान भर्गासले बताएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनी घरमै बसेका थिए । दुई पटक क्यान्सरलाई जितेका उनमा कोरोना भाइरसलाई पनि जित्ने आँट थियो । तर मंगलबार उनको अवस्था गम्भीर बनेको हो । भर्गासले सहयोगका लागि न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टमा फोन गरेका थिए । तर सहयोगी आउन ३० मिनेट लागेको भर्गासले बताएका छन् । डा. गाब्रिनले आफ्नो काखमा अन्तिम सास फेरेको श्रीमान भर्गासले बताएका छन् ।

डा. गाब्रिनलाई बिरामीको सेवाको क्रममा कोरोना भाइरसको संक्रमण भएको हो । उनले एउटै एन ९५ मास्क बारम्बार प्रयोग गर्न बाध्य भएको र सोही कारण उनमा संक्रमण भएको हुन सक्ने श्रीमान भर्गासले बताएका छन् । भर्गासले भने, ‘उनले कहिले पनि केही कुरामा गुनासो गरेनन् । उनी मात्रै मानिसलाई सेवा गर्न चाहन्थे ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading