दक्षिण कोरियाको नाइट क्लब क्षेत्र बन्यो संक्रमणको नयाँ क्लस्टर

दक्षिण कोरियाको नाइट क्लब क्षेत्र बन्यो संक्रमणको नयाँ क्लस्टर

काठमाडौं (पहिचान) बैशाख ३० – दक्षिण कोरियाको राजधानी सिओलको नाइट क्लब रहेको क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सिओलको नाइटलाइफ क्षेत्रमा बनेको क्लस्टरमा ९४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
दक्षिण कोरिया सरकारले भौतिक तथा सामाजिक दूरीका नियमहरु खुकुलो बनाएपछि संक्रमण बिस्तार हुन थालेको हो । संक्रमण फेरि फैलिन थालेपछि यो हप्ता खोल्ने तयारी रहेका विद्यालयहरु नखुल्ने भएका छन् ।
दक्षिण कोरियाले अत्याधिक परीक्षण तथा कन्ट्याक ट्रेसिङ्ग लकडाउन लागु नगरी संक्रमण नियन्त्रणमा लिन सफल भएको हो ।
तर नाइट क्लब रहेका क्षेत्रमा क्लस्टर बनेपछि कन्ट्याक ट्रेसिङ्ग कठिन बनेको छ । केही नाइट क्लबहरुमा समलिंगी पुरुष पनि जाने र त्यहाँ ट्रेसिङ्ग गर्न गाह्रो भएको हो । दक्षिण कोरियामा कायम रहेको होमोफोबियाका कारण नाइट क्लबमा आउने केहीले आफ्नो सही नाम नबताउने गरेका छन् । सोही कारण दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले पहिचान गोप्य राख्ने गरी परीक्षणको प्रस्ताव गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading