पोल्याण्डमा कन्जरभेटिभम दुदाको साँघुरो जित, समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना

पोल्याण्डमा कन्जरभेटिभम दुदाको साँघुरो जित, समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना

काठमाडौं (पहिचान) असार ३० – पोल्याण्डमा भएको राष्ट्रपति चुनावमा कन्जरभेटिभ विचारधारका पक्षधर वर्तमान राष्ट्रपति आन्जेई दुदाले साँघुरो जित हाँसिल गरेका छन् । आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गरेका हुन् । पोल्याण्डको निर्वाचन आयोगका अनुसार दुदाले ५१.२ प्रतिशत मत प्राप्त गरेका छन् ।

सन् १९८९ मा कम्युनिष्ट शासन अन्त्य भएयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा सबैभन्दा साँघुरो अन्तरको जित हो । चुनावको प्रमुख मुद्दामा युरोपियन युनियनसँगको सम्बन्ध तथा लैंगिक तथा यौनिक अल्पसंख्यक एलजिबिटिक्यूआई समुदायको अधिकार रहेको थियो ।

सोसल कन्जरभेटिभ धारका दुदा सरकारको नेतृत्व गरेको नेशनलिस्ट ल एण्ड जस्टिस (पिआइएस) पार्टीका हुन् भने रफाल वारसका उदारवादी मेयर हुन् । दुदाको जितपछि पोल्याण्डमा न्यायीक व्यवस्थामा विवादास्पद संक्रिण सुधार हुने र समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना बढेको छ । युरोपमा एलजिबिटिक्यूआइको अधिकारका आधारमा पोल्याण्ड सबैभन्दा खराब देशको सूचिमा पर्छ ।

निर्वाचन आयोगले देशभर ६८.२ प्रतिशत मतदान भएको र ९९ प्रतिशत मतगणना सकिएको सोमबार बिहान जानकारी दिएको छ । रफाललाई समर्थन गरेको सिभिक प्लाटफर्म (पिओ) ग्रुपले चुनावमा धाँधली भएको हुन सक्ने आशंकामा सूचनाहरु संकलन गरिरहेको समाचार संस्था रोयर्टसलाई बताएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading