अमेरिकी इतिहासमा पहिलो समयौनिक मन्त्री बने पिट बुट्जज

अमेरिकी इतिहासमा पहिलो समयौनिक मन्त्री बने पिट बुट्जज

Transportation Secretary nominee Pete Buttigieg speaks during a Senate Commerce, Science and Transportation Committee confirmation hearing on Capitol Hill, Thursday, Jan. 21, 2021, in Washington. (Ken Cedeno/Pool via AP)
काठमाडौँ : पिट बट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन्। राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्ताव गरेका थिए। त्यसपछि माथिल्लो सदन सिनेटमा भएको सुनुवाइ तथा मतदान प्रक्रियाबाट उनको नाम अनुमोदन भएको हो।
सिनेटमा मङ्गलवार भएको मतदानमा पिट ८६–१३ ले यातायात मन्त्रीमा अनुमोदित भएका हुन्। सिनेटबाट सुनुवाइ प्रक्रिया पूरा गरेर अनुमोदन हुने उनी पहिलो समयौनिक मन्त्री बनेका छन् अमेरिकाको इतिहासमा।
इन्डियानोको साउथ बेन्डका पूर्व मेयर पिट सन् २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेदवारीको होडमा आएसँगै राष्ट्रिय राजनीतिको केन्द्रमा तानिएका हुन्। राष्ट्रपतिको उम्मेदवारी होडबाट बाहिरिएसँगै उनी जो बाइडेनका प्रिय पात्र बनेका थिए। बाइडेनको चुनावी अभियानमा उनी प्रमुख वक्ताका रूपमा रहे।
सिनेटमा भएको मतदानपछि पिटले ट्विट गरेर आफू सम्मानित र अनुग्रहित रहेको उल्लेख गरी कामका लागि तयार रहेको बताएका छन्।
३९ वर्षका पिट बाइडेनको मन्त्रीमण्डलमा सबैभन्दा कम उमेरका सदस्य हुन्। उनको मन्त्रालयले बाइडेन प्रशासनको जलवायु परिवर्तन सम्बन्धी महत्त्वाकाङ्क्षी योजना कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ। यस्तै पूर्वाधार विकासका महत्त्वपूर्ण जिम्मेवारी मन्त्रीका रूपमा पिटको काँधमा आउने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
पिट बाइडेन प्रशासनका सबैभन्दा चर्चा र सार्वजनिक व्यक्तित्व बनाएका सदस्य हुन्।
सिनेटमा भएको सुनुवाइको क्रममा पिटले आफ्ना श्रीमान् चेस्टन बुट्जजलाई साथमा लिएर गएका थिए। आफ्नो नियुक्तिले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँगै समग्र अल्पसङ्ख्यकहरूको प्रतिनिधित्वमा पार्ने प्रभावबारे आफू सचेत रहेको पिटले त्यस क्रममा बताएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading