नइ रामलक्ष्मी पुरस्कार

तेस्रोलिंगी भक्ति शाहलाई ताम्रपत्रसहित पचास हजार प्रदान गरिने

तेस्रोलिंगी भक्ति शाहलाई ताम्रपत्रसहित पचास हजार प्रदान गरिने

काठमाडौं : नइ प्रकाशनले तेस्रोलिंगी भक्ति शाहलाई नइ रामलक्ष्मी पुरस्कार दिने भएको छ। शाहलाई ताम्रपत्रसहित पचास हजार रुपैयाँ प्रदान गरिने नइ प्रकाशनले जनाएको छ। नइ प्रकाशनले हरेक वर्ष लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका एक जनालाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गर्दै आएको छ।
यस्तै नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ प्रदान गरिने भएको छ। यी दुवै पुरस्कारको राशि ताम्रपत्रसहित जनही साठी हजार रुपैयाँ रहेको प्रकाशनले जनाएको छ।
काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यमा क्रियाशील कञ्चनपुरका नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’ र साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ प्रदान गरिने भएको छ।
पुरस्कारको राशि ताम्रपत्रसहित जनही पचास हजार रुपैयाँ रहेको प्रकाशनले जनाएको छ।
यस्तै ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा कृसा महर्जनलाई प्रदान गरिने भएको छ। नइ प्रकाशनका अनुसार महर्जनलाई ताम्रपत्रसहित पच्चीस हजार रुपैयाँ प्रदान गरिने छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading