नागरिकता विधेयक

प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुग्यो

प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न फिर्ता पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न फेरी राष्ट्रपतिको कार्यालयमा पुगेको छ।
सङ्घीय संसद्को दुवै सदनले दोस्रो पटक पारित गरेको विधेयक बेलुकी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा दर्ता गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्ताको तस्तै पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर सोमबार बेलुकी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दर्ता गराइएको हो।
राष्ट्रपति भण्डारीको सन्देश बहुमतले अस्वीकृत, विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत मात्रै
संविधानमा भएको व्यवस्था अनुसार अब राष्ट्रपति भण्डारीले १५ दिन भित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता छ । अब राष्ट्रपतिले विधेयक फिर्ता पठाउन नमिल्ने व्यवस्था संविधानमा छ ।
राष्ट्रिय सभाले समय लिए विधेयक प्रमाणीकरण नहुने संशय, लिंगरिङ हुने आशङ्का
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते संसद्मा नै फिर्ता पठाएकी थिइन। राष्ट्रपतिबाट फिर्ता आएको विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाले हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाएको हो।
सङ्घीय संसद्बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ।
अदालत जाने चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरे अदालत जाने चेतावनी दिएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटक पनि नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरे अदालत जाने चेतावनी दिएका हुन्।
नागरिकता विधेयक जस्ताको त्यस्तै प्रमाणीकरण गर्न बाध्य हुने
सोमबार मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन जनकपुरधाम पुगेका प्रचण्डले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्ने बताए। संविधानतः राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेकाले अब प्रमाणीकरण हुने प्रचण्डले सुनाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading