चित्र पुस्तक

ओभरलुक्ड फेसेज अफ नेपाल : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको रियल स्टोरी

ओभरलुक्ड फेसेज अफ नेपाल : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको रियल स्टोरी

काठमाडौं : कोरोनाको समयमा चित्र कोर्न थालेकी हुन् दन्त चिकित्सक डाक्टर परिधि शर्मा र अर्पणा पाठकले। चित्र कोर्ने क्रममा परिधिलाई श्रीमान कृष्ण ढुङ्गानाले एक जना नेपाली र भारतीय महिलाबिचको प्रेम सम्बन्ध सुनाए। नेपालमा विवाह गर्न पाइरहेका थिएनन्।

उनीहरूले अमेरिकामा गएर विवाह गरेको सुनाए परिधिका श्रीमान ढुङ्गानाले। सेम सेक्स म्यारिज एलाउ छैन नेपालमा। केटाले केटीसँग र केटीले केटासँग मात्रै विवाह गर्न पाउने नेपालको कानुन छ। समाज बदलिए पनि कानुन पुरानै छ।

कानुनले वैधानिकता नदिने मात्रै होइन विपरितलिंगीले परिवार र समाजबाट पाउने माया र स्नेह समलिङ्गी विवाहले पाउँदैन। नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्युप्लस) लाई एसेप्ट गर्न गार्‍हो देखिन परिधि र अर्पनाले।

उनीहरू दुवैले चित्र कोर्ने निधो मात्रै गरेनन्, वास्तविक कथा सुन्न पुगे। ‘जीवन बाच्न सजिलो बनाइदिन पाए हुन्थ्यो भन्ने मनमा थियो,’डाक्टर परिधिले पहिचानसँग भनिन्,‘हामीले यसरी चित्र मात्रै नकोरेर उहाँहरूको लागि केही गर्न सकिन्छ कि भन्ने हिसाबले सोचेका हौ।’


परिधिले थाहा नपाईकन हात हालेको विषय थियो एलजीबीटीआईक्यूप्ल। श्रीमान्ले सुनाएको समलिङ्गी महिलाले नेपालमा विवाह गर्न नपाएको वास्तविक कथाबाट प्रकाशित हुन पुगेको हो ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक। ‘नेपालका एलजीबीटीआईक्युप्लस कम्युनिटीका रियल स्टोरी सुन्ने र उहाँहरूको स्टोरीबाट इन्सपाएर भएर चित्र कोर्ने निष्कर्षमा पुग्यौँ,’उनले भनिन्,‘सुरु सुरुमा विभिन्न किसिमका संस्थाहरू धायौ। नाम चलेका नील हिरा समाज, मितिनी नेपालमा सहयोग माग्न गयौ।’

उनले ती संस्थाबाट ब्रेक थ्रो हुनै गाह्रो भएको बताइन। ‘कसैलाई चिन्दा पनि चिन्दैनथ्यौ। त्यो कारणले गर्दा त्यो संस्थाबाट ब्रेक थ्रो हुनै गार्‍हो भयो। सहयोग पाइएन।’ एलजीबीटीआईक्युप्लसको चित्र कोर्ने उत्कट चाहना सुजी मेकअप स्टुडियोकी सुजाता न्यौपानेले मिलाइदिइन। न्यौपानेले पहिलो भेट समायरा श्रेष्ठसँग गराइन्। ‘समायराको कथा पहिलो पटक सुन्दा उहाँ सँगै म पनि रोएको थिए। म पनि भक्कानिएको थिए,’डाक्टर परिधिले भनिन्,‘त्यो पीडाको जीवन मेरो थियो भने म आज यसरी बोल्न सक्दिनथे होला।’

उनीहरू दुबैलाई सहयोग गरे समायराले। समायराले अरू व्यक्ति भेटाए। ६ महिनाको अन्तरालमा धेरै जनालाई भेटेको सुनाउँछिन् परिधि। तिनैको कथा सुनेर रियल स्टोरीलाई किताबमा चित्र मार्फत उतारेको उनले बताइन।

एलजीबीटीआईक्युप्लसका व्यक्तिलाई परिधिलाई सामान्य मात्रै ज्ञान थियो। ‘लेजवियन, गे, वाइसेक्सुयल, ट्रान्सजेण्डर, क्वेयर, इन्टरसेक्स सो वान,जनरल नलेज जस्तो मात्रै भयो,’उनले भनिन्,‘यो कम्युनिटीको भाव र यथार्थ मैले बुझ्न सकेको थिइन।’ चित्र कोर्ने क्रममा मान्छे चिन्दै गएको सुनाउँछिन् परिधि।

एलजीबीटीआईक्युप्लस व्यक्तिको आमनेसामने बसेर कथा सुनेर चित्र कोरेको उनले बताइन। ‘सानो छदा केटी जन्मे पनि केटा हुँ भन्ने अनुभव गर्न खोज्नुहुन्थ्यो। ऐनामा हेर्दा आफूलाई केटा देख्नु हुन्थ्यो। धुरुधुरु रुन्थे भन्नुहुन्थ्यो त्यो बेलामा,’चित्र कोर्दाको अनुभव सुनाउँदै परिधिले भनिन्,‘आमाले बच्चालाई र बच्चाले आमालाई गर्ने माया बुझ्न समाजलाई सजिलो छ। आफ्नो बच्चा आफ्नो आमा हो भन्ने हुन्छ। तर, केटाले केटालाई गर्ने माया पनि माया हो। जुन किसिमले मैले श्रीमानसँगै जीवन सोचेको हुन्छु एउटा जिन्दगी सोचेको हुन्छु। त्यहीँ किसिमको प्रण केटाकेटा र केटीकेटी बिच माया गर्दा पनि हुन्छ।’


उनी यसको जडै डिस्क्रिमिनेशनले गर्दा आएको सुनाउँछिन्। ‘जुन किसिमको फरक छुट्याईदिन्छौ हामी, मान्छे त मान्छे हो नि त। मान्छेले मान्छे भएर पो बाच्न पाउनुपर्‍यो । तर ह्युमन विईङको रेसमै हुनुहुन्न जस्तो आनीबानी त हामी हेटोरोसेक्सुयल भएका कारण भन्न सकेका हौ नि त।’ होमोसेक्स्वालिटी गलत नभएको बताउँदै उनले भनिन्,‘यो उहाँहरूको नितान्त स्वतन्त्रताको कुरा हो।’

चिकित्सकद्वय परिधि र अपर्णा पाठकले ३० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको भोगाइलाई पुस्तकभित्र जीवन्त रूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गरेका छन्। मण्डला र मिथिला शैलीबाट कोरिएका चित्र कथा पुस्तकले विशेष गरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका एलजीबीटीआईक्युप्लस व्यक्तिका पीडा र आवाजलाई उतारेको छ।

नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यूप्लस’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ। हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गर्वका साथ र बिना विभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading