१५०० केजी प्याकेट मल वितरण

१५०० केजी प्याकेट मल वितरण

473
SHARES

काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नं ४ बालुवाटारमा गुणस्तरीय प्राङ्गारिक मल वितरण गरिएको छ। गल्ने र नगल्ने फोहरमैला वर्गीकरण गर्ने स्थानीयहरूलाई नेप्सेम्याक सेवा प्रा.लि. को सहयोगमा मल वितरण गरिएको हो।

फोहरमैलाको उचित व्यवस्थापन भनेको वर्गीकरण नै भएकोले यसको उचित वर्गीकरण गर्न वडाध्यक्ष दिनेश महर्जनले वडावासीहरूमा आग्रह गरे।

नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहालले फोहरमैला वर्गीकरण गर्ने सदस्यलाई धन्यवाद ज्ञापन गर्दै थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिए।

हरेक वर्ष ५ के.जी. का दरले निःशुल्क मल वितरण गर्ने अभियानले निरन्तरता पाउने उनले बताए। १५०० केजी प्याकेट मल वितरण गरिएको थियो।

समाचार शेयर गर्नुहोस्
473
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.