वायु सेवाले माग्यो इजरायली कम्पनीसँग माग्यो क्षतिपूर्ति

वायु सेवाले माग्यो इजरायली कम्पनीसँग माग्यो क्षतिपूर्ति

काठमाडौँ : नेपाल वायु सेवा निगमले 9N-AKX जहाज मर्मतमा ढिलाइ गर्ने इजरायली कम्पनीसँग क्षतिपूर्ति माग गर्न उपसमिति गठन गरेको छ।

निगम सञ्चालक समितिको बैठकले 9N-AKX जहाजको इन्जिन मर्ममा ढिलाइ गर्ने इजरायली कम्पनीसँग क्षतिपूर्ति माग्ने निर्णय गरेको हो।

निगमले क्षतिपूर्ति माग्न सञ्चालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको जनाएको छ।

उक्त समितिलाई निगमको जहाजको इन्जिन Israel Aerospace Industry-IAI मा जहाज मर्मत सम्भार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको निगमले जनाएको छ।

यसभन्दा अगाडि कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट नेपाल वायुसेवा निगम र IAI बीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्नु भनी CAM Department लाई आदेश समेत भएको थियो।

निगम कार्यकारी समितिबाट कार्यकारी अध्यक्षले दिएको आदेश बमोजिम पहिलेको इन्जिन V2500 S/N V17672 मर्मतमा भएको ढिलाइ र अर्को इन्जिन V2500 S/N V17679 Breakdown पश्चात् सम्झौताको सर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न CAM Department ले कार्य अघि बढाउने भनी निर्णय भए बमोजिम आवश्यक कार्य प्रारम्भ समेत भैसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading