कतार विश्वकप

सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोज्ने अमेरिकी खेल पत्रकारको निधन

सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोज्ने अमेरिकी खेल पत्रकारको निधन

एजेन्सी : कतार विश्वकपमा समाचार सङ्कलन गरिरहेका एक जना खेल पत्रकारको निधन भएको छ। अमेरिकी खेल पत्रकार ४९ वर्षीय ग्रान्ट वालको निधन भएको हो। शुक्रकार अर्जेन्टिना र नेदरल्याण्ड्सविरुद्धको खेल हेर्दै गर्दा उनी ढलेका अलजजिराले जनाएको छ।

स्ट्रेचरमा मिडिया सेक्सनबाट बाहिर निकालिएका वाललाई अस्पताल पुर्‍याइएको थियो। उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाका प्रत्यक्षदर्शीले चिकित्सकहरू तुरुन्तै घटनास्थलमा पुगेको जनाएका छन्।

दुई देशबिचको खेलमा अतिरिक्त समयको सुरुमा वाल ढलेका वालका एजेन्टटिम स्क्यानलानले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन्।

उनको मृत्यु कारण खुल्न सकेको छैन। डिसेम्बर महिनाको सुरुवातमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबीटीआईक्युप्ल) समुदायको समर्थनमा सप्तरङ्गी टिसर्ट लगाएर स्टेडियम प्रवेश गर्न खोजेको भन्दै कतारका अधिकारीहरूले उनलाई केही बेर नियन्त्रणमा लिएका थिए।

वालको निधनपश्चात् अमेरिकी फुटबल शोकमा छ। आफ्नो आठौँ विश्वकपको रिपोर्टिङका क्रममा उनले गत बुधवार आफ्नो ४९ औँ जन्मदिन मनाएका थिए।

‘परिवारको इच्छाअनुसार शव फिर्ता गर्ने प्रक्रिया सुनिश्चित गर्न हामी अमेरिकी दूतावास र सम्बन्धित स्थानीय अधिकारीहरूसँग सम्पर्कमा छौँ’ फिफाले भनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.