योगदानी व्यक्तित्व : जग्गा बेच्ने गल्ती कसैले नगरौँ

योगदानी व्यक्तित्व : जग्गा बेच्ने गल्ती कसैले नगरौँ

काठमाडौँ : लेखक पद्म श्रेष्ठको पुस्तक ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ताबारे विवेचना गरिएको छ। लेखक श्रेष्ठले पुस्तकमा कला, भाषा, साहित्य, कृषि, शिक्षा तथा विभिन्न दृष्टिले नेपाली समाजका लागि योगदान पुर्‍याउने २५ जना व्यक्तिको ऊर्जाशील र प्रेरक कर्मको चर्चा गरेका छन्।

समाधान (सोलुसन) समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तकबारे विवेचना गर्दै अद्वैतवादका प्रचारक तथा धार्मिक गुरु दामोदर गौतमले विश्वका सबै धर्म र धर्म गुरु, धार्मिक पुस्तक दिने एउटै सन्देश मानवता र मानवताको भलाइका लागि जीवन समर्पण गर्नु रहेको बताए।

उनले विभिन्न समय, विभिन्न कोणबाट मानिसलाई सत्मार्गमा डोर्‍याउन भगवान्को रूपमा आउनु भएका महामानवहरूले अन्यको भलाइका लागि काम गर्दा आफ्नो आत्माको शुद्धि तथा मुक्ति हुने आफ्नो अनुभव सुनाएका छन्। तिनै भावको समर्थन गर्दै आफूले सञ्जीवनी केन्द्र मार्फत आर्थिक अभावले छटपटाएका रोगीको सहयोग गरिरहेको उनले बताए।

पुस्तकमा गुरु गौतमका समाजसेवा र उहाँले पछ्याउने दर्शनबारे पाठकले पढ्ने अवसर पाउने उनले जानकारी दिए।

कलाकार अजय देशारले ‘योङ पिकासो’ संस्थामार्फत अवसरबाट वञ्चित बालबालिका तथा किशोर, किशोरीका लागि राजधानी वरिपरिका दुर्गम गाउँमा पुगेर चित्रकला सिकाउनुको उद्देश्यबारे चर्चा गर्दै आफू विदेश पुगेर मेहनत गर्दाको क्षणले सिकाएको पाठले यसतर्फ डोरिएको बताए।

त्यसैगरी अभियन्ता प्रेम वासुकलाले आफ्नो पुर्ख्यौली जग्गा, जमिन बेचेर अन्य कामका लागि खर्च गर्ने बानीले सुकुम्वासीको स्थितिमा पनि पुगिने सुनाए। ‘जग्गा बेच्ने गल्ती कसैले नगरौँ’उनले भने।

कार्यक्रममा होमबहादुर भुसालले आधुनिक तथा सङ्गठित रूपमा एमडिएस कम्पनी मार्फत स्कुलका बालबालिकालाई समेत कृषिबारे ज्ञान दिइरहेको बताए। सोलुसन समाजका प्रमुख साधुराम महर्जनले सत्सङले जीवनको लक्ष्य प्राप्तिका गोरेटो भेटिने चर्चा गर्दै जुनसुकै कर्म मार्फत पनि अरूको भलाई गर्ने कर्मले समाजका लागि योगदान पुग्ने विचार व्यक्त गरे।

उक्त पुस्तकमा गौतम, देशार, भुसाल, वासुकला र महर्जनले आफ्नो दैनिक जीवनमा गर्ने काम मार्फत नै समाजका लागि योगदान पुर्‍याएको यथार्थ बारे समेटिएकोमा खुसी व्यक्त गरे।

पुस्तकमा समाजसेवी रश्मि तुलाधर, लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कडेंल, घोप्ट राईटिङका संस्थापक कमल ढकाल, तारा भण्डारी, कलाकार सविता डङ्गोल, रक्तदाता प्रेमसागर कर्माचार्य, खेलाडी वैकुण्ठ मानन्धर, हरिप्रसाद गौतमलगायत २५ जनाले समाजका लागि पुर्‍याएका योगदान समेटिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading