धान उत्पादन क्षेत्र घट्यो, ४ लाख मेट्रिक टन चामल अपुग

धान उत्पादन क्षेत्र घट्यो, ४ लाख मेट्रिक टन चामल अपुग

काठमाडौं : नेपालमा करिब ४ लाख ८० हजार मेट्रिक टन चामल अपुग भएको छ। एक जना व्यक्तिले एक वर्षमा करिब १३७ किलो चामल उपभोग गर्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।

उत्पादनका हिसाबले नेपालमा करिब ४ लाख ८० हजार चामल कम भएको हो। चामल, मकै, गहुँ, कोदो, फापर लगायतको आवश्यकताका हिसाबले प्रतिव्यक्ति प्रति वर्ष करिब १८१ किलो र चामलको उपभोग करिब १२१ किलो प्रति व्यक्ति प्रति वर्ष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा औसत प्रति व्यक्ति प्रति वर्ष करिब १३७ किलो उपभोग भइरहेको छ। ‘यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मेट्रिक टन रहने देखिन्छ,’मन्त्रालयले सार्वजनिक गरेको विवरणमा लेखिएको छ,‘उत्पादनका हिसाबले करिब ५५ लाख धानमा ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिन्छ।’

देशको चैते र वर्षे सिजनको धान गरी कुल धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार ७८९ हेक्टर रहेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा धानको समग्र राष्ट्रिय उत्पादन ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन र उत्पादकत्व ३ दशमलव ७९ मेट्रिक टन प्रति हेक्टर रहेको अनुमान गरिएको छ।

नेपालको ४० प्रतिशत माटो मात्र ‘तटस्थ’

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको छ। त्यस्तै समग्र उत्पादनमा ६ दशमलव ९४ र समग्र उत्पादकत्वमा ९ दशमलव १२ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

प्रारम्भिक अनुमान अनुसार प्रदेशगत रूपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३ दशमलव ३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ। गत वर्षको बेमौैैैैैैैैसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भई उत्पादन उल्लेख्य कमी आएको थियो। यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृद्धि देखिएको मन्त्रालयले जनाएको छ।

तोरी किसानको, तेल कर्पोरेसनको

लुम्बिनी प्रदेशमा १५.२, प्रदेश १ मा ५.७२, कर्णालीमा ३.४६ र मधेस प्रदेशमा ०.१८ प्रतिशतले उत्पादन वृद्धि भएको छ । बागमतीमा १.४५ र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा ३.७४ प्रतिशतले धान उत्पादनमा कमी आएको मन्त्रालयको तथ्याङ्क छ।

गत वर्ष असोज ३० देखि कार्तिक २ सम्मको बेमौसमी वर्षाका कारण विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १ लाख भन्दा बढी हेक्टरमा लगाइएको धानवालीमा क्षति हुँदा ८.७४ प्रतिशत उत्पादनमा कमी आएको थियो। तर यस वर्ष मौसम औसत रहेको, केही ढिलो गरी भए पनि विशेष गरी तराइका जिल्लामा रासायनिक मतको उपलब्धता रहेको दाबी मन्त्रालयले गरेको छ।

उन्नत बिउको प्रयोग एवं हाइब्रिड जातको प्रयोगमा भएको वृद्धि र स्थानीय तहसम्म कृषि प्रविधिको पहुँचमा केही वृद्धि भएका कारण धान उत्पादनमा सामान्य वृद्धि भएको मन्त्रालयले उल्लेख गरेको छ। यद्धपी यो उत्पादन गत वर्ष बाहेकका विगतका अन्य वर्षहरूको तुलनामा केही प्रतिशत कम नै रहेको मन्त्रालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading