सेना दिवस

भारतका ४ पूर्वसेनाध्यक्ष काठमाडौं आए, ५५५ जनाले मादल बजाउने

भारतका ४ पूर्वसेनाध्यक्ष काठमाडौं आए, ५५५ जनाले मादल बजाउने

नरवाणेको तालिका शनिवारलाई सर्‍यो

काठमाडौं : नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाएका ४ जना भारतीय सेनाध्यक्ष काठमाडौं आएका छन्। चार जना बिहीबार र एक जना शुक्रवार बिहान आउने भनिए पनि मनोज मुकुन्द नरवाणेको काठमाडौं आउने तालिका शनिवारलाई सरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

नेपाली सेनाले सेना दिवस अवसरमा सहभागी हुन भारतका सबै पूर्व र वर्तमान सेनाध्यक्षलाई निम्तो दिएको थियो। तर, ४ जना मात्रै काठमाडौं आएका नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि हिजो चार जना पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा काठमाडौं आएका थिए। उनीहरू महाशिवरात्रि एवं नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा फागुन ६ गते सैनिक कला प्रदर्शनी गर्ने जनाएको छ। देश विदेशमा आगन्तुकलाई नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गर्नेछ।

सेना दिवसको अवसरमा पहिलो पटक ५५५ जनाको मादल प्रस्तुति हुन लागेको प्रवक्ता भण्डारीले जानकारी दिए।

वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको उनले बताए। ‘संसारमै सैनिक ब्यान्डमा मादलको प्रस्तुति पहिलो हो,’प्रवक्ता भण्डारीले भने,‘पहिलो पटक हुन लागेको मादलको प्रस्तुति वर्ल्ड बुक अफ रेकर्डमा राख्न प्रतिनिधिहरू पनि आउनेछन्।’

सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको प्रस्तुति समेत रहेको छ। उनीहरूको ब्यान्ड डिस्प्ले हुने उनले बताए।

सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले शुक्रवार बिहान छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली दिएका छन्। नेपाली सेना स्थापना भएको २६० वर्ष पुरा हुँदै छ।

सैनिक मुख्यालयमा भारतीय सेनाध्यक्षहरूसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबिच औपचारिक सम्मेलन हुने प्रवक्ता भण्डारीले बताए।

सम्मेलनमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरू, नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू सहित नेपालमा रहेका राजदूतावासका सैनिक सहचारी उपस्थित हुनेछन्।

सम्मेलनमा क्षेत्रीय सुरक्षा सहकार्य, सुरक्षा चुनौती, विपत् तथा आपत्कालीन अवस्थामा सैनिक सहकार्य र बद्लिँदो सुरक्षा चुनौतीका विषयमा छलफल गर्नेछ।

नरवाणेको काठमाडौं आउने तालिका सरेकाले समाचार सच्याइएको छ।
सम्पादक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading