राष्ट्रिय बिच भलिबलको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने

राष्ट्रिय बिच भलिबलको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ पाउने

पाल्पा : पाल्पाको रानीमहलमा राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुँदै छ। आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मङ्गलवार तानसेनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरी १० टिमको सहभागिता रहने जानकारी दिइएको छ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस, बागमती, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल सङ्घको टिम सहभागी हुनेछन्।

लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन वैशाख २८ गते दिउँसो १ बजे हुने अध्यक्ष निरोज मास्केले जानकारी दिइन।

उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिम र अफिसियल तानसेन पुग्ने बताइन। उनले खेलकुदमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यमा सबैको साथको अपिल समेत गरिन्।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ। उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा जनसहभागिता बढाउन अन्तिम दिन वैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ। दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग र नेपाल भलिबल सङ्घबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रवर्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको आयोजकले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading