बिच भलिबलमा गण्डकी र आर्मीको विजयी सुरुआत

बिच भलिबलमा गण्डकी र आर्मीको विजयी सुरुआत

पाल्पा : राष्ट्रिय पुरुषबिच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।

पाल्पाको रानीमहलमा बिहीबार सुरु प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन्।

आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्‍यो। गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकाल्यो।

समूह चरणको अर्को खेलमा गण्डकीले लुम्बिनीलाई २१–१६ र २१–१५ को सेटमा हरायो। समूह चरणको दुई खेलमा जित निकाल्दै गण्डकी क्वार्टर फाइनल प्रवेश गर्‍यो।

अर्को खेलमा लुम्बिनी विजयी बन्यो। सुदूरपश्चिम प्रदेश समयमै कोर्टमा नपुगेपछि लुम्बिनी विजेता बनेको हो।

प्रतियोगिताको बिहीबार तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका थिए। उनले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाए।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा सुरु प्रतियोगिता शनिवारसम्म चल्नेछ। प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन्।

प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ। उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.