"/>

मिटरब्याजी पीडितको कथा ‘मुटु रेटिन्छ’ बजारमा

मिटरब्याजी पीडितको कथा ‘मुटु रेटिन्छ’ बजारमा

काठमाडौं : मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ। कावासोतीका कृष्ण गैरेले अहिलेको वर्तमान परिस्थितीअनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन्।

१ दर्जनभन्दा बढी नेपाल लोक गीतमा स्वर दिइसकेका गैरेको पछिल्लो गीतमा मिटरब्याजी साहू, लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्या गर्न बाध्य भएकाहरूको कथा समेटिएको छ।

यस गीतमा मुख्य कलाकारको रूपमा अभिनेता रवि गिरी, निक्स शर्मा, जुना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन्। त्यसैगरी कलाकारहरूमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष् अधिकारी, अनिल भण्डारी, विष्णु थापाले पनि यस गीतमा अभिनय गरेका छन्।

कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द रहेको यस गीतको लय नन्दु परियार र सङ्गीत संयोजन विनोद बाजुरालीको रहेको छ।

म्युजिक भिडियोका सम्पादन तथा निर्देशन हुम गैरेले गरेका छन् भने छायाङ्कन रोशन तामाङको रहेको छ। गायक गैरेले यस गीतले आफ्नो साङ्गीतिक क्षेत्रमा थप उचाइ थपिने विश्वास व्यक्त गरेका छन्।

youtube.com/watch?v=3PFz4e7fLjs

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.