बहुवलि र श्रृष्टी भारत निर्यात

बहुवलि र श्रृष्टी भारत निर्यात

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिकामा अवस्थित बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. वाट उत्पादित सिमेन्ट भारत निर्यात भएको छ।

बहुवलि र श्रृष्टि ब्रान्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर विभागद्वारा ब्युरो अफ इन्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरे सँगै भारत निर्यात भएको उद्योगले जनाएको छ।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात भएको छ। २ ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात सुरु गरिएको बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले जानकारी दिए।

भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्याण्डर्स (बिआईएस) ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्टायाण्र्डस इन्स्टिच्युट (आईएसआई) चिन्ह दिए लगत्तै बालाजी सिमेन्टको उत्पादन बहुबलि र श्रृष्टिको भारत तर्फ निर्यात बढेको उनले बताए।

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था रहेको छ भने नेपालबाट पनि एनएस चिन्ह नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन। सरकारले सिमेन्ट, छड लगायतका ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघि नै गरिसकेको छ।

नेपाल सरकारले ५० करोड भन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरूलाई धेरै राहत भएको प्रबन्ध निर्देशक अग्रवालले बताए।

वर्तमान असहज एवं आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको उद्योगका संस्थापक सन्दीप कुमार गाडिया बताउँछन्। ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्य नै भारत निर्यात गर्ने सोच सहितको थियो। सोच आज पुरा भएको छ, हामी सफल भएका छौँ,’उनले भने,‘सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको छ। हामी चाहन्छौँ राज्यले अझै उद्योगमैत्री, निर्यातमैत्री नीतिहरू ल्याउनु जरुरी रहेको छ।’

सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटालाई केही कम गर्नेमा आशा उनले व्यक्त गरे। ‘हामीले जति धेरै सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौँ, त्यति धेरै व्यापार घाटामा कमी आउँदछ,’उनले भने,‘त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्दछ।’

उद्योगका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ। उद्योगले बहुवलि र श्रृष्टि ब्रान्डका ओपिसि ४३ ग्रेड र पिपिसि सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ। दुवै ब्रान्डका सिमेन्टलाई नेपाल गुणस्तर विभागले एनएस र भारत सरकार गुणस्तर विभागले ब्युरो अफ इन्डियन स्ट्याण्डर्स (बिआईएस) प्रदान गरेको उद्योगले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading