मिसेस नेवा वर्ल्ड : प्रतिस्पर्धीलाई १ महिनाको तालिम

मिसेस नेवा वर्ल्ड : प्रतिस्पर्धीलाई १ महिनाको तालिम

काठमाडौं : नेवा समुदायका विवाहित महिलाका लागि मिसेस नेवा वर्ल्ड आयोजना हुने भएको छ। विश्वका कुनै पनि राष्ट्रबाट भाग लिन पाउने नेवा समुदायका महिलाको उचाइ ५ फिट भन्दा माथि हुनुपर्ने आयोजक कराओके ईन्टरटेन्मेन्टले जानकारी दिएको छ।

प्रतिस्पर्धी महिलालाई १ महिनाको तालिम दिइने पत्रकार सम्मेलन गरेर संस्थाका सल्लाहकार उमा देवी रन्जितकार, मिस नेवा: वर्ल्ड रनर अप स्नेहा खड्गी, पूर्वकुमारी मिस नेशनल समिता बज्राचार्य र आयोजक संस्थाका प्रमुख खगेश रञ्जितले जानकारी दिए।

यसको आफिसियल कोरियोग्रफर मिस् नेशनल समिता बज्राचार्य छन् भने औपचारिक कार्यक्रममा वरिष्ठ सल्लाहकार सनत कुमार थापा थिए।

बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पक्षलाई समान अधिकार र सम्मान हुनु पर्ने, हिमाल पहाड तराई कोही छैन पराई भन्ने कथनलाई संस्थागत गर्दै प्रतिभा प्रस्फुटन गराई राष्ट्र विकास गर्ने लक्ष्य रहेको आयोजकको दाबी छ।

मिसनेवाः आईकन, मिसनेवाः वर्ल्ड, फेसन फ्युजन आइकन, लिटल फेसन फ्युजन आइन, स्पोर्टस आईकन नेपाल, मिस टिन नेशनल, मिस नेशनल र मिस्टर नेशनल ट्यालेन्ट हण्ट तथा प्रतिभा प्रस्फुटन सहितको सौन्दर्य प्रतियोगिता गर्दै आएको काराओके इन्टरटेन्मेन्टले जनाएको छ।

प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोस्रोलाई २५, तेस्रोलाई २० हजार नगद सहित चाँदीको ताज, मेकअप क्लास, स्विमिङ क्लास, ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतियोगितामा सबटाइटललाई ५ हजार रुपैयाँका दरले पुरस्कार र टोकन अफ लभ दिइने आयोजक संस्थाका संस्थापक अध्यक्ष खगेश रञ्जितले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.