"/>

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

34.2k
SHARES

काठमाडौं : नेपाल सरकारको शरण लिएर बसेका १ लाख १३ भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भए। ९६ हजार अमेरिका पुगे। नेपालको शरणार्थी शिविरमा शरण लिएर बसेका शरणार्थी क्यानडा, अस्ट्रेलिया, नेदरल्यान्डस् सहितका देशमा पुगेका छन्।

सार्वजनिक भएका तथ्याङ्क अनुसार ६ हजार ५ सय भुटानी आफ्नै देश फर्कन पाउने दिन कुरेर बसेका छन्।

भुटानका तत्कालीन राजा जिंमेसिङगे वाङचुकको पालदेखि नै भुटानबाट खेदिने, निकालिनेहरू छन्। वर्तमान राजाको विरोधमा बोल्नेहरूलाई देश निकाला गर्ने क्रम जारी छ। परशुराम महतोको परिवार लगायत पछिल्लो समय देश निकालिएकाहरू छन्। उनीहरू भारतको पश्चिम बंगालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरू बताउँछन्।

‘भुटानी राजाको गलत कामलाई समर्थन नगर्ने कि मारिन्छन्,कि जेल पर्छन्, राजनीतिक आरोपमा बन्दी बनाएकाले समेत यातना भोगिरहेका छन्। त्यही यातना भुटानको जेलमा १० वर्ष बिताएका टेकनाथ रिजाल अहिले नेपालको जेलमा छन्।

भुटानले आफ्ना नागरिकलाई जेलमा कोच्ने, यातना दिने, कुटपिट, हत्या समेत गर्न छोडेको छैन। मानवअधिकारको गम्भीर अपराध भुटान सरकारले आफ्ना नागरिकमाथि गरिरहेको छ। नेदरल्यान्डसको हेगमा रहेका राम कार्कीले विगत बिर्सिएका छैनन्।

मरणासन्न हुने गरी कुटपिट पछि मर्‍यो भनेर लात्ताले हाने। भुटानको साम्ची जिल्लाको सदरमुकाममा रहेको साम्ची स्कुलको होष्टल वार्डेनको रुममा कार्की साथीहरूले पानी छम्केपछि मात्रै बौरिए। ‘साम्ची जिल्लाको सदरमुकाम रहेको स्कुलको होष्टल वार्डेनको रुममा मरणासन्न हुने गरी कुटेर फालिदिए, साथीहरूले पानी छम्केपछि बौरिएछु’,कार्कीले एक अन्तरवार्तामा भनेका छन्, ‘राजाको गलत कामको विरोध गर्नेलाई खोजिखोजी कुटपिट गर्नेदेखि मारिनै दिन्थे,बाचेर आज यहाँसम्म आइपुगेको छु’

भुटानी राजाको अत्याचारबाट बच्न भागेर भारत पुगेका ९१ जना नागरिकलाई कार्की, गौरी शङ्कर निरौला र भीम खपांगीले नै नेपाल ल्याए। गाई बाँध्ने ग्वाली ३ सय रुपैयाँमा किनेर आफूहरू सँगै बसे। एउटा ग्वालीबाट आश्रय लिन सुरु गरेका भुटानी शरणार्थीका पछि सात वटासम्म शिविर बने। सन् १९९१ मा नेपाल प्रवेश गरेका भुटानी नागरिक त्यसयता आफ्नो देश फर्कन पाएका छैनन्।

कार्की सन् २००२ को अन्त्य देखि नेदरल्याण्डसको हेग बसिरहेका छन्। भुटान सरकारलाई कार्कीले पटकपटक राजबन्दी रिहाइको आग्रह गरिरहेका छन्। मानवअधिकारवादी सङ्घ संस्थालाई समेत भुटान सरकारले जेलको निरीक्षण गर्न नदिएको अवस्थामा कार्कीले हृयुमन राइट वाचलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।

वाचले बन्दीहरूको नामावली नै सार्वजनिक गरेर रिहा गर्न भनेको छ, तर भुटानी राजा सुनेको नसुनेझैँ गरिरहेका छन्। टेकनाथ नेपालको जेल परेपछि त राजालाई देश निकाला गरेका नागरिक कस्ता रैछन् भनेर जवाफ दिने बहाना बनेको छ।

पन्ध्रौँ चरण पछि टुङ्गिएको नेपाल भुटान वार्ता हुने नहुने निश्चित छैन। बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापन अन्योलमा परेको छ। ट्राभल डकुमेन्ट पाउनै मुस्किल छ शरणार्थीलाई। शरणार्थीसँगै अमेरिका जान रकम बुझाएर नक्कली भुटानी बनेकाहरूको चिल्लीबिल्ली भएको छ। न पैसा फिर्ता पाए, न अमेरिका जान पाए।

रकम बुझाएकाहरूकै उजुरीका आधारमा सुरुमा पक्राउ परेका केशवप्रसाद दुलाल र सानु भण्डारीको बयानको आधारमा नेपाल प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। १६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

रिजाल नेपाली नागरिकलाई भुटान मानवअधिकार सङ्गठनको कार्ड बनाइदिएको आरोपमा केन्द्रीय कारागार जगन्नाथदेबल सुन्धाराका भिआइपीसँगै छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई रिजालका रुम पार्टनर छन्। खाना खाने साथी उपराष्ट्रपति कार्यालयका निलम्बित सचिव टेकनारायण पाण्डे पाएका छन् रिजालले।

निलम्बित सचिव पाण्डे भने प्रहरी प्रति विश्वास नगर्ने लेबलमा पुगेका छन्। पाण्डे भेट्न पुगेका आगन्तुकसँग रिजालले सत्य बयान दिएको सुनाउँछन्। ‘रिजाल र शमशेर मियाले साँचो कुरा गरेछन्, पुलिसले सत्य बोले रिहा हुने भनेछ क्यार,’पाण्डेको भनाइ उद्धृत गर्दै एक आगन्तुकले पहिचानसँग भने,‘प्रहरीलाई साँचो कुरा भन्न नहुने रैछ, आरोप स्वीकार नगरेसम्म यातना दिने रैछ।’

पाण्डे आरोप नस्विकारेसम्म प्रहरीले यातना दिएका दुई कैदीको कथा लेख्ने तयारीमा रहेको आगन्तुकहरूलाई सुनाउँछन्। हुन त गृह सचिव नै थिए पाण्डे। प्रहरी प्रशासन उनी मातहत नै चल्यो। उनी भन्दा माथि मन्त्री र प्रधानमन्त्री थिए। गृहमन्त्री थिए बालकृष्ण खाँण भने प्रधानमन्त्री शेरबहादुर देउवा।

रामबहादुर थापा गृहमन्त्री हुँदा बनेको भुटानी शरणार्थी व्यवस्थापन समितिको प्रतिवेदन नै नक्कली बनाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई गृहसचिव थिए। त्यसपछिका सचिव पाण्डे जेल परे। राई अख्तियार प्रमुख नै छन्। सरकारले राईमाथि एक्सन लिन सकेको छैन।
लहरो तान्दा पहरो गर्जन्छ भनेर नै होला आरोपितहरू मिडिया ट्रायल गरिरहेका छन्। सचिव पाण्डे र रिजाल जेलबाट बाहिरी संसार नियाल्न बेलाबेला उच्च अदालतको कुरा पनि झिकेर ठट्टा गर्छन्।

उच्च अदालत पाटनमा रिजालको निवेदन पुगेको छैन। वकिल नभएर होला नि भन्ने आगन्तुकको प्रश्नमा पाण्डे ठट्यौली शैलीमा ‘घकडान घकडान वकिल छन् उहाँ (रिजाल)का’ भन्छन्। रिजाल मुसुमुसु हाँस्छन्। रिजालका आगन्तुकलाई पाण्डेका आगन्तुक ‘मिडियामा उहाँ (पाण्डे) निर्दोष भनेर समाचार आउनु पर्यो’भन्छन्, पाण्डे बोल्दैनन्। पाण्डे जेलभित्रको कथा लेखनमा रहेको आगन्तुकलाई सुनाउँछन्।

पाण्डेको निवेदन उच्च अदालतमा पुगेर कैफियत प्रतिवेदन मगाउने आदेश भइसकेको छ। पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौं जिल्ला अदालतले उच्च अदालतमा प्रतिवेदनको जवाफ भने पठाएको छैन।

उच्च अदालतकी उपरजिस्ट्रार मन्दिरा शाहीले जिल्लाबाट कैफियत प्रतिवेदन मगाउने आदेश भएको बताउँछिन्। ‘तर, जिल्लाबाट आइसकेको छैन’ उनी भन्छिन्।

टोपबहादुर रायमाझीका वकिलले टेकनाथलाई कागजमा सही गराउन लगेका थिए। टेकनाथले सही गरिदिएनन्। ‘त्यसपछि कागजमा हस्ताक्षर गराउन कोही आएका छैनन्’ रिजाल आगन्तुकलाई सुनाउँछन्।

नक्कली शरणार्थी बनेर आङटावा शेर्पाका छोरा समेत अमेरिका पुगेको कारागार प्रशासनमा गाइँगुइँ चल्ने गरेको छ। टेकनाथ गृहका कर्मचारीलाई पहिलेदेखि सूचना दिन्थे। गृहका पुर्वकर्मचारी भन्छन्, ‘टेकनाथ रिजाल सानोतिनो नै किन नहोस्, शरणार्थीका नाममा भएका हरेक गतिविधि जानकारी गराउँथे।’

टेकनाथ आफैँले दिएको जानकारी र सूचनाले उनलाई नेपालको कारागार पुर्‍याएको छ। उनले आफूलाई भेट्न पुगेको मानवअधिकारकर्मीको टोलीलाई शिविरमा रहेका शरणार्थीको बिचल्ली हुने अवस्था आउन नदिन सहयोगको याचना गरेका छन्।

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले विज्ञप्ति निकालेर अनुरोध गरेपछि मानवअधिकारको टोली रिजाललाई भेट्न कारागार पुगेको थियो।

को हुन टेकनाथ रिजाल? पहिचान अनलाइनले रिजालको निर्वासन पुस्तक वाचन गरिरहेको छ। निर्वासन पुस्तकको अध्याय ९ सुन्न तलको भिडियोमा क्लिक गर्नुहोला।

निर्वासन पुस्तकका थप अध्यायहरु

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.