"/>

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ

काठमाडौं : उच्च अदालत पाटनले बिहीबार नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेकामध्ये १० जनाको कैफियत प्रतिवेदनमा सुनुवाइ गर्ने भएको छ।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै प्रतिवादीहरूले दिएको निवेदनको कैफियत प्रतिवेदनमाथि बिहीबार सुनुवाइ हुने उच्च अदालत पाटनले जनाएको छ।

थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राख्दै उनीहरूले उच्च अदालत पाटनमा दिएको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश भइसकेको छ। अब कैफियत प्रतिवेदनमाथि सुनुवाइ हुन लागेको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने रचिएको अपराधमा १६ जनालाई थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको थियो।

जिल्लाको आदेश बदर गर्न पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसहित १८ जनाले उच्चमा निवेदन दर्ता गराएका छन्।

जिल्लाको आदेशमा धरौटीमा रिहा भएका लक्ष्मी महर्जन र टङ्क गुरुङले पनि धरौटी रकममा चित्त नबुझाएर निवेदन दिएका छन्। लक्ष्मीको निवेदनमा कैफियत प्रतिवेदन मगाएर बिहीबार नै सुनुवाइ हुने गरी उच्चले साप्ताहिक पेशीमा राखिसकेको छ।

रिजालको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश, निर्वासन अध्याय-१२

निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, नरेन्द्र केसी, ईन्द्रजित राई, गोविन्द चौधरी, सन्देश शर्मा, शमशेर मिया, सानु भण्डारी, हरिभक्त महर्जनको कैफियत प्रतिवेदनमाथि बिहीबार सुनुवाइ हुन लागेको अदालतले जनाएको छ।

भुटानी शरणार्थी बनाएर करोडौँ ठगी गर्ने गिरोहविरुद्ध थप १८ जनाको जाहेरी परेको छ। अमेरिका जाने लालसामा परेका उनीहरूबाट करिब १ करोड ८५ लाख ९२ हजार रुपैयाँ भन्दा बढी ठगी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायत जिल्लाका १८ जनाबाट तीन वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको प्रहरीले जनाएको छ।

सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

निर्वासन अध्याय- १३

भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.