"/>

गाईजात्राको अवसरमा सडक नाटक : समाजले के भन्ला?

गाईजात्राको अवसरमा सडक नाटक : समाजले के भन्ला?

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा हुने विभेदबारे सडक नाटक प्रदर्शन भएको छ।

तेस्रोलिंगीका बालबालिकाले विद्यालय जाँदा नै विभेद भोग्नु परेको भन्दै विभेद अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको समर्पण सभ्य समाज नेपालले जनाएको छ।

गाउँ टोल समाजमा आफ्ना बालबालिकाकालाई होच्याएर बल्ने, तेस्रोलिंगीको बच्चा हुन्छ र? भन्ने गर्दा विद्यालय जानै नमान्ने वास्तविकता नाटक मार्फत देखाइएको हनि महर्जनले बताए। ‘तेस्रोलिंगीको बच्चा भन्दा मानसिक तनाव हुने रैछ,’महर्जनले भने,‘यो नाटक मेरै घरको वास्तविकतासँग मेल खाने खालको छ,अरूको घरमा पनि त्यस्तै होला,यो हुनुहुँदैन।’

काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिएको सडक नाटकले ‘जबरजस्ती विवाह’बारे पनि सन्देश दिइएको छ।

जबरजस्ती विवाहले परिवारमा समस्या निम्तिरहेकाले रोजेको मान्छेसँग विवाह गर्न पाउनु पर्ने सन्देश नाटकले दिएको पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले बताए।

‘जबरजस्ती विवाह गर्दा विपरितलिंगी महिलाको जिन्दगी बरवाद भइरहेको छ,’पन्तले भने,‘सरकारले पुरुष र महिला जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको वैवाहिक अधिकारको कानुन बनाउन ढिला गर्नु हुँदैन।’


गाईजात्राको अवसर पारेर समर्पण सभ्य समाजले सडक नाटक प्रदर्शन गरेको हो। शनिवार वसन्तपुर हनुमानढोका दरबार स्क्वाएरमा देखाइएको नाटकले समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी नागरिकलाई पनि समान व्यवहार गर्नुपर्ने सन्देश दिएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्।

उनीहरूले महिला महिला र पुरुष पुरुषबीच विवाह गर्न पाउनुपर्ने प्रतिक्रिया दिए। नाटक अब गाईजात्राको भोलिपल्ट कीर्तिपुरमा प्रदर्शन गरिने आयोजक समर्पण सभ्य समाज नेपालले जनाएको छ। नाटक प्रदर्शनका लागि नेपालमा रहेको अमेरिकी दूतावासले सहयोग गरेको समाजले जनाएको छ।

समर्पण सभ्य समाजको प्रश्न : तेस्रोलिंगीका सन्तानको शिक्षामा विभेद किन?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.