"/>

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

काठमाडौं : टेकनाथ रिजाल सन् १९८९ नोभेम्बर १५ मा निर्वासनका तनावपूर्ण दिन व्यतीत गर्दै आउँदा पूर्वी नेपालको झापाबाट गिरफ्तारमा परे।

उनीसँग जोगेन गजमेर र सुशील पोखरेल साथै थिए। भुटानी राजालाई लेखेको अपिल छाप्ने उद्देश्यले विराटनगर आएर झापा पुगेका थिए तीनै जना। पिपुल्स फोरम फर ह्युमन राइट भुटान गठन पछि नै रिजाल, गजमेर र पोखरेलले नेपाल छाड्ने निधो गरिसकेका थिए।

उनीहरूले त्यति बेला नै नेपालमा भन्दा भारतमा बसेर काम गर्दा सहज हुने ठानेका थिए। विराटनगरबाट झापा फर्किएका रिजाललाई प्रहरीले बसेकै ठाउँबाट गिरफ्तार गर्‍यो।

उनले त्यस दिन देखेका आफ्ना पितालाई फेरी देख्न पाएनन्। चेमगाङ जेलमा हुँदा नै रिजालका पिताको देहान्त भयो। त्यति बेला रिजालले आफूहरूलाई कुन प्रयोजनका लागि गिरफ्तार गरिएको हो पत्तो पाएका थिएनन्।

उनलाई सम्झना त त्यति छैन, तर उनीसँगै पक्राउ परेका जोगेन गजमेरका अनुसार महेन्द्र पुलिस क्लबमा ल्याएर बयान लिइएको थियो। बयान दिँदै गर्दा नै रिजालले थाहा पाए आफूहरूलाई लिन भुटान सरकारले ड्रुक एयर पठाएको रहेछ।

भुटान सरकारको भयावह अत्याचारको सिकार भएर नेपाल पसेका थिए रिजाल। नेपालमा सम्पूर्ण जीवन बिताउनु थिएन। देशभित्र न्यूनतम अनुकूल वातावरण बन्ना साथ आफ्नै देश फर्कने तयारीमा थिए रिजाल। तर शरण परेको व्यक्तिलाई मरणमा पार्ने नियत त्यति वेलाको पञ्चायती सरकारले लियो। उनलाई लिन भुटानी राजाका अङ्गरक्षक भि नाम्गेल आएका थिए एयरपोर्टमा।

१९८९ नोभेम्बरमा नेपालबाट पक्राउ परेर भुटानको जेलमा १० वर्ष बिताएका तीनै रिजाल अहिले सक्कलीको नाममा नक्कली शरणार्थी बनाउने गिरोहले पोलेका कारण नेपालको जेलमा छन्।

भुटानका नेल्सन मण्डेलाको नामले समेत परिचित रिजाल नक्कली शरणार्थी बनाउने गिरोहले संलग्न रहेको बयान दिएपछि पक्राउ परे। उनको गिरफ्तारीले भुटानबाट खेदिएर विभिन्न देश पुगेकाहरू चिन्तित बनेका छन्।

भुटानी राजाको सल्लाहकार समितिका सदस्य थिए रिजाल। राजाको विश्वासपात्र थिए उनी। भ्रष्टाचार छानबिन समिति बनाए राजाले। तीन सदस्यीय समितिको नेतृत्व गरे रिजालले।

उनले भ्रष्टाचारको छानबिन गरे। छानबिनमा राजाका वरिपरिकै व्यक्तिको संलग्नता देखियो। एक पटकलाई माफी दिने सुझाव सहित रिजालले राजालाई भ्रष्टाचार अन्त्यको सुझाव दिए। त्यही सुझावका कारण रिजाल नेपाल भागेर आउँदा समेत नेपालबाटै पक्राउ परे र भुटान पुर्‍याइए।

रिजालले भुटानको अत्याचारबारे पुस्तक लेखेका छन् निर्वासन। उनको पुस्तक स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विमोचन गरेका थिए। निर्वासन पुस्तकको यो सत्रौँ अध्याय वाचन गर्दै छौ। यो अध्यायमा पहिलो पटक नेपालबाट गिरफ्तारीमा परेर भुटान लैजान ड्रुक एयर लिन आएको घटना विवरण समावेश छ।

निर्वासनका अघिल्ला अध्यायहरु

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.