"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नक्कली शरणार्थी : बिहीबार सबै आरोपीको एकमुष्ट सुनुवाइ

नक्कली शरणार्थी : बिहीबार सबै आरोपीको एकमुष्ट सुनुवाइ

529
SHARES

काठमाडौं : नक्कली भुटानी शरणार्थी मुद्दाका सबै आरोपीको कैफियत प्रतिवेदन प्राप्त भएको उच्च अदालत पाटनले जनाएको छ।

काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा रहेका सबै आरोपीको कैफियत प्रतिवेदनमा आउँदो बिहीबार सुनुवाइ गर्ने उच्च अदालतले जनाएको छ।

न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासले ३२ साउनमा सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो।

‘काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशले थुनामा राखेउपर अन्य प्रतिवादीहरूको र धरौटी मागेउपर वादी नेपाल सरकारको समेत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम निवेदन परेको भन्ने कानुन व्यवसायीहरूले जानकारी गराउनु भएकाले सो निवेदनमा कैफियत प्रतिवेदन प्राप्त भएपछि यसैसाथ नियमानुसार पेस गर्नु’ भन्दै न्यायाधीशद्धयले आदेश दिएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणका सबै आरोपीको कैफियत प्रतिवेदन जिल्ला अदालतबाट प्राप्त भएकाले आउँदो बिहीबार एकमुष्ट सुनुवाइ गर्ने गरी उच्च अदालतले पेशी तोकेको छ।

नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

‘ठगी, लिखत किर्ते, राज्यविरुद्धको र सङ्गठित अपराध’ अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल, काँग्रेस नेता आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई, केशव प्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, नरेन्द्र केसी, आशिष बुढाथोकी, गोविन्द चौधरी, शमशेर मियाँ, हरिभक्त महर्जन, लक्ष्मी महर्जन र टङ्क कुमार गुरुङको निवेदन बिहीबारका लागि साप्ताहिक पेशी चढेको हो।

भुटानमा ३० वर्ष जेल बिताएका मधुकर बास खोज्दै नेपालमा

५ लाख रुपैयाँमा धरौटीमा छुटिसकेकी लक्ष्मी महर्जनले उक्त धरौटी पनि अनावश्यक रहेको भन्दै जिल्ला अदालतको फैसला खारेजीका लागि उच्चमा पुनरावेदन दिएकी छन्।

हाल पुर्पक्ष थुनामा रहेका सबै प्रतिवादीले थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै उच्चमा निवेदन दिएका हुन्।

पुनरावेदन प्रतिवेदनमा उच्चले जिल्ला अदालतको फैसलालाई सदर, बदर, धरौटी वा साधारण तारेखमा राख्न सकिने बारेको निर्णय गर्नेछ।

निर्वासनका अघिल्ला अध्यायहरु

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

समाचार शेयर गर्नुहोस्
529
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.