एसिया कप : नेपालका लागि वर्षा बाधक, भारत १० विकेटले विजयी

एसिया कप : नेपालका लागि वर्षा बाधक, भारत १० विकेटले विजयी

काठमाडौं : एसिया कपमा नेपालका लागि वर्षा बाधक बनेको छ। वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारत १० विकेटले विजयी भएको छ। पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो।

भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो। सुरुवाती सानदार ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा अल आउट हुँदै २३० रनमा समेटियो।

वर्षा रोकिएपछि सुरु भएको खेलमा भारतले जितका लागि १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट २०.१ ओभरमा लक्ष्य भेट्टायो।

भारतसँग पराजित भएसँगै नेपाल एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। जितसँगै भारत समूह ए बाट सुपर फोरमा प्रवेश गरेको छ।

२.१ ओभरमा १७ रन बनाएको अवस्थामा पानी परेपछि डक वर्थ लेविस नियम अनुसार भारतले २३ ओभरमा १४५ रन बनाउने लक्ष्य पाएको हो।

रोहित शर्मा ७४ र शुभमन गिल ६७ रनमा नटआउट रहे। नेपालका सात जना बलरको प्रयोग भए पनि विकेट लिन सकेनन्।

राम्रो ब्याटिङ गरे पनि नेपालले बलिङ राम्रो गर्न सकेन। भारतका दुई ओपनरले नै साझेदारी गर्दै सहज जित दिलाए। पहिलो पटक भारतसँग खेलेको नेपालले साहसिक प्रदर्शन गर्दै ४८ ओभर २ बल खेल्यो।

पाकिस्तानसँग २५ ओभर पनि नखेली १०४ रनमा अलआउट भएको नेपालले भारतविरुद्ध ब्याटिङ साहस देखायो। कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गर्दै राम्रो आधार खडा गरे।

नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading