नीलो फूल समलिङ्गीहरूको यथार्थ जीवन

नीलो फूल समलिङ्गीहरूको यथार्थ जीवन

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले लघु कथानक चलचित्र नीलो फूल आफूहरूको यथार्थ जीवनसँग मिलेको बताएका छन्।

समलिङ्गीहरूले आफ्नो घर र समाजमा भोग्नु परिरहेका समस्यालाई नीलो फूलले चित्रण गरेको करुणा जोशीले बताइन्।

`चलचित्र निलो फुल हेरे। यो चलचित्रले हामी समलिङ्गीहरूले आफ्नो घरमा र समाजमा भोग्नु परिरहेका विभिन्न समस्याहरूका बारेमा चित्रण गरेको छ,´ जोशीले सामाजिक सञ्जालमा लेखिकी छन्, `हामी समलिङ्गीहरू, समलिङ्गी भएकै करण भोग्नु परेका शारीरिक र मानसिक पीडाहरू यो चलचित्रमा हेर्न सकिन्छ।´

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले चलचित्र नीलो फूलमा जस्तै दुख खपेर अँध्यारोमा बाचिरहनु परेको उल्लेख गरेकी छन्।

`जस्तो कथावस्तु यस चलचित्रमा प्रस्तुत गरिएको छ नि हाम्रो समाजमा LGBTQIA समुदायले त्यस्तै दुख खपेर अँध्यारोको जीवन बाध्यताले पिँजडामा राखिएको चरी जस्तै गरी बाचिरहनु परेको छ,´उनले भनिन्,`चलचित्रले उठाएको विषयवस्तु हाम्रो यथार्थ जीवनसँग मिलेको छ।´

उनले यस्ता जनचेतनामूलक चलचित्रले समाजमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय प्रतिको बुझाई सकारात्मक बन्ने विश्वास गरेकी छन्। `LGBTQIA समुदाय प्रतिको बुझाइ सकारात्मक बन्ने छ र LGBTQIA समुदायले आफ्नो घर र समाजमा आफ्नो पहिचान सहितको जिन्दगी सम्मानजनक तरिकाले बाच्न मदत पुग्ने छ जस्तो लाग्छ´ उनले भनिन्।

जोशीले नीलो फूल चलचित्रको टिमलाई धन्यवाद दिएकी छन्। अगामी दिनमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरेर चलचित्र निर्माण गर्न आग्रह पनि गरेकी छन्।

`यस्ता प्रेरणादायक चलचित्रहरू निर्माण हुन जरुरी छ किनकि चलचित्र समाजको ऐना हो। धन्यवाद चलचित्र निलो फुलका सबै टिमलाई,´उनले भनिन,`आगामी दिनहरूमा पनि यस्ता LGBTQIA समुदायलाई लक्षित गरी चलचित्र निर्माण गर्नुहुने छ भन्ने आग्रह गर्दछु।´

चलचित्र नीलो फूल पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तको निर्देशनमा निर्माण भएको हो। चलचित्र नेपालका गाउँ सहरदेखि अमेरिककाे एक सिनेमा हलमा समेत प्रदर्शन भएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading