कला, बोटबिरुवा र फङ्गसमा विविधताको उत्सव

कला, बोटबिरुवा र फङ्गसमा विविधताको उत्सव

यो अक्टोबर, क्वीर नेचर (विचित्र प्रकृति) सँग बोटबिरुवा र फंगी/फङ्गस (ढुसी) को विविधता र सुन्दरताको एउटा प्रेरणा दायक उत्सव चलिरहेको छ।

लन्डनको केउ (KEW) स्थित प्रतिष्ठित टेम्परेट हाउस–केउ गार्डेन्स भित्र सेप्टेम्बर ३० देखी अक्टोबर २९ सम्म एउटा ठुलो कलाकृति र गार्डेनिङ्ग देख्न पाइन्छ जसले विशेष गरी, परम्परागत अपेक्षाहरूलाई चुनौती दिने खालका बिरुवा र फङ्गसको अद्भुत संसारको खोज गर्नेछ।

यस क्रममा केउका वैज्ञानिक, बागवानी विशेषज्ञ, लेखकहरूसँगै ड्र्याग आर्टिस्ट लगायतका व्यक्तिहरूको क्वीर नेचर (विचित्रता) र प्रकृतिका सन्दर्भमा व्यक्तिगत दृष्टिकोण सुन्न सकिन्छ। यस कार्यक्रमबाट बोट बिरुवा र फङ्गस पछाडिका आकर्षक विज्ञानदेखि बिरुवा र एलजीबीटीक्यूप्लस समुदायबिचको सम्बन्धसम्मको जानकारीले आनन्द दिनेछ।

क्वीर नेचरले बिरुवाहरूले एलजीबीटीक्यूप्लस समूहहरूलाई कसरी प्रेरित गरेका छन् भनी हेर्छन्। यहाँ लेखकसँगै बाइसेक्स्यूअल फूल र एसेक्यूअल (अलैङ्गिक) रूखहरूको संसारमा प्रवेश गरौँ।

रुइजियामा उरिटियाना एउटा ठुलो हरियो झाडी हो जसमा लभ हार्ट आकारका झर्ने खालका पातहरू (कास्केडिङ लिभहरु) हुन्छन्। केउ गार्डेनमा रहेको भव्य समशीतोष्ण घर (टेम्परेट हाउस) को मुख्य पैदल मार्गबाट बाहिर एउटा २ सय मिटर लामो चमत्कारिक भिक्टोरियन मार्ग छ।

चारैतिर हरियालीको बिचमा यो बिरुवा नरम देखिन्छ तर यो अत्यन्त दुर्लभ नमुनाको उदाहरण हो। वास्तवमा, सन् १९९० को मध्यसम्म, यो बिरुवा जङ्गलमा विलुप्त भएको ठानिएको थियो। तर फेरी मौरिससको उच्च क्षेत्रमा १० मिटर लामो एउटा नमुना देखा परेको खबर आयो र तत्काल केउका वैज्ञानिकहरू उक्त नमुनाको कटिङ लिन पूर्वी अफ्रिकी द्विपमा अम्बाको झाडी हुँदै गुज्रिरहेका थिए।

वैज्ञानिकहरू उल्लेखनीय खोज गर्दै थिए। सुरुमा रुइजियामा उरिटियानाले पुरुष फूलहरू (जसको पुंकेशरले पराग उत्पादन गर्दछ) फुलाउँछ भनेर सोचिन्थ्यो तर, यसको खेती गर्दा, अनुसन्धानकर्ताहरूले त्यस्तो भेटेनन् बरु यस बोटको फूलको लिङ्ग तापमानमा निर्भर हुने पत्ता लगाए। तातो अवस्थामा, यसले पुरुष फूलहरू फुलाउने र चिसो हावापानीमा, महिला फुलहरू उत्पादन गर्ने (जसको स्टिग्माटाले पराग प्राप्त गर्दछ) थाहा भयो।

यस्ता अवस्था क्वीर प्रकृतिका मुख्य आकर्षण मध्येका हुन्। केउको यो पर्व जहाँ बोटबिरुवा र फङ्गसको आश्चर्यजनक विविधतालाई उत्सवको रूपमा मनाइन्छ र यिनीहरू कसरी एलजीबीटीक्यूप्लस समुदायसँग जोडिएका छन् र यो समुदायबाट प्रेरित छन् भनेर हेरिन्छ।

यी सम्बन्धहरू वास्तवमा भाषाको माध्यमबाट मात्र बनाउन सकिन्छ। उदाहरणका लागि, अधिकांश फूल फुल्ने बिरुवामा पुरुष र महिला दुवैका प्रजनन संरचनाहरू हुन्छन्, ती फूलहरू प्रायः दुईलिंगी (बाइसेक्स्यूअल) वा पूर्णताको रूपमा वर्णन गरिन्छ।

रुइजिया मोरिटियानाको कथा अन्य कुराहरूबाट घेरिएको छ र यसले वनस्पति जगतको प्रेरणादायी जटिलताहरूलाई उजागर गर्नेछ। यसका अलावा प्रदर्शनमा फङ्गस पनि रहन्छ, जसमा हजारौँ भिन्न प्रकारका मिलन देखिनेछ। यौन र अलैङ्गिक(असेक्सुअल) प्रजननबिच सङ्क्रमण गर्ने क्षमताको लागि परिचित आधुनिक अमिला गुण भएका रुखहरू र दुई पटक फुल लाग्ने (पहिलो कार्यात्मक रूपमा महिला र दोस्रो कार्यात्मक रूपमा पुरुष) एभोकाडो पनि हुनेछन्।

यो असामान्य विशेषताले अन्य एभोकाडोका बिरुवाहरूसँग क्रस–परागणलाई प्रोत्साहित गर्छ र यो प्रक्रियामा आनुवंशिक विविधतालाई बढाउने कार्य गर्छ।
‘मलाई लाग्छ प्रकृति विचित्र मानिसहरूका लागि सहज छ, किनभने यसले हामीलाई अँगालो हाल्छ,’कलाकार जेफ्री गिब्सन भन्छन्,‘यसले हामीलाई सौन्दर्यदेखि कामुकतासम्म, अस्वीकृति र डिप्रेसन अनि मृत्युको भावनालाई पनि प्रस्तुत गर्न अनुमति दिन्छ।’

गिब्सनको स्टलमा उनकै बगैँचाका कटिङहरू झुन्ड्याइएको छ। गिब्सन भन्छन् ‘हामी समाजमा जसरी बाँधिएका छौँ त्यसरी सङ्कुचित भने देखिँदैनौँ। हामी चीजहरूलाई नाम दिन र सीमाहरू निर्धारण गर्न कटिबद्ध भएर लाग्छौँ। तर प्रकृतिमा बस्तुहरू धेरै स्वतन्त्र अनि जैविक महसुस गर्छन् भन्ने मलाई लाग्दछ।’
हालैका वर्षहरूमा, एलजीबीटीक्यूप्लस गार्डेनिङ्ग समूह र तीनका सामूहिक गतिविधिहरू ब्रिटेन वरपर, ग्लास्गोदेखि न्यूक्यास्टल अनि लन्डनसम्म, सामुदायिक प्लट (भूखण्ड) देखि खाद्य सुरक्षा र वातावरणीय न्यायसम्मका सबै कुराहरू हेर्दै फैलिएका छन्।

सन् २०२० मा, डिजाइनर तथा चित्रकार सिक्स्टो जुवान जभाला टेक्सासबाट लन्डन गएपछि आफ्नो समूह, क्वीर बोटानी स्थापना गर्न प्रेरित भए। ‘मलाई लाग्यो कि वनस्पति विज्ञानमा क्वीर थ्योरी (विचित्र सिद्धान्त) को लागि धेरै सम्भावना छ’जभाला भन्छन्। उनको समूह अन्य मानिसहरूलाई समलिङ्गी समुदायसँग भेट गराउने मदिरा रहित स्थान उपलब्ध गराउन चाहन्छ।

बिरुवाहरू यौनिक रूपमा प्रजनन गर्न सक्छन्। ‘बिरुवाहरूमा यस्तो जन्मजात विचित्रता छ। अनि यहाँ मानव निर्मित, सामाजिक राजनीतिक संरचनाहरू छन् जून हामीमा लागू हुन्छ। त्यसपछि अमानवीय रूपमा प्रकृतिमा पनि’जभाला भन्छन्,‘जब तपाईँ बिरुवाहरू यस्ता संरचनाहरू बिना पनि अस्तित्वमा रहन सक्छन् र तिनीहरूको यौन विविधता कति प्रचुर मात्रामा छ भनेर देख्नुहुन्छ–यो निकै प्रेरणादायी लाग्नेछ। मलाई लाग्छ एक विचित्र व्यक्तिको लागि यो निकै उत्साहजनक हुन सक्छ।’

बिरुवा र एलजीबीटीक्यूप्लस समुदायबिचको यति बलियो सम्बन्धले पप संस्कृतिलाई पनि छोयो। गत वर्ष, ड्र्याग आर्टिस्टचेदार गर्जियसले द प्यान्सी प्रोजेक्टलाई श्रद्धाञ्जली दिनका लागि ड्र्याग रेसको रनवेमा पहेँलो र कालो प्यान्सीबाट बनेको पोसाक लगाएका थिए। जसले होमोफोबिक वा ट्रान्सफोबिक आक्रमण भएका स्थानहरूमा प्यान्सीसको बिरुवाहरू रोप्ने गर्दछ।

कलाकार पल हाफ्र्लीटले सन् २००५ मा डेभिड मोर्लीको हत्या पछि यो परियोजना सुरु गरेका थिए, जो सन् १९९९ मा लन्डनको सोहोमा एडमिरल डन्कन पबमा भएको होमोफोबिक बमबारीबाट बचेका थिए।

यसबिच केही वर्ष पहिले, अस्ट्रेलियाली पप स्टार ट्रोय सिवानले आफ्नो गीत ब्लूम सार्वजनिक गरेका थिए जसमा यसलाई ‘विध्वंसक क्वीर’ को रूपमा वर्णन गर्दै एलजीबीटीक्यूप्लस समुदायको प्रतीकको रूपमा फूलको प्रयोगलाई दर्साएका थिए।

बोटबिरुवा र एलजीबीटीक्यूप्लस समुदायबिचको सम्बन्ध इतिहासदेखि अहिलेसम्म चल्दै आएको छ जसले कलाकारहरू, वनस्पति शास्त्रीहरू र अधिकारकर्मीहरूलाई समान रूपले प्रेरित गर्दछ।

प्राचीन ग्रिसमा, महिलाहरूको बारेमा सप्पोको कवितामा प्रायजसो फुलहरूको बारेमा उल्लेख गरिएको हुन्थ्यो, त्यसमा पनि विशेषतः बैजनी (हल्का नीलो रङ्ग) रङ्गको। सन् १८९२ मा ओस्कर वाइल्डले आफ्ना साथीहरूलाई उनको एउटा नाटकको प्रिमियरमा हरियो कार्नेशन(फूल) लगाउन निर्देशन दिए–यो फूल समलैंगिकतासँग जोडिएको थियो। सन् १९७० मा, न्यूयोर्कमा एक कट्टरपन्थी समलैंगिक नारीवादी समूहको नाम सामान्य बैजनी फूलको नाममा राखियो जसलाई ल्याभेन्डर मेनेस भनियो।

सन् १९९० को दशकको मध्यमा क्यालिफोर्नियामा, फोटोग्राफर तथा लेखिका इरेन रेटीले आफ्ना तत्कालीन साथी भ्यालेरी जिन चेसको साथमा, लेस्बियन समुदाय र बागवानीबिचको सम्बन्धको खोजिगर्दै एउटा सङ्ग्रह प्रकाशित गरे। गार्डेन भेराइटी डाइक्स : लेस्बियन ट्रेडिसन इन गार्डेनिङमा क्यानडादेखि अस्ट्रेलियासम्मका महिलाका निबन्धहरू समावेश छन्। रेटी भन्छिन् ‘भ्यालेरी र मलाई बगैँचामा मात्रै लगाव थियो। हामी यसलाई माया गर्छौ र एउटा किताबको काम गरौँ भन्ने भयो’ उनी भन्छिन् ‘यो पुस्तक केही हदसम्म लेस्बियन मालीहरूको दृष्टान्त हो।’

संसारकै सबैभन्दा ठुलो भिक्टोरियन ग्लास हाउस, टेम्परेट हाउस एक मनमोहक कार्यक्रमका लागि प्रतिष्ठित स्थल मानिन्छ। चम्किलो क्याथेड्रल, यस स्थानमा विश्वको समशीतोष्ण क्षेत्रहरूबाट ल्याइएका केही दुर्लभ अनि खतरामा रहेका सहित १० हजार प्रजातिका बोटबिरुवाहरू छन्।

हाउस अफ स्पिरिट्स–जेफ्री गिब्सन

न्यूयोर्कमा बस्दै आएका कलाकार जेफ्री गिब्सनले जीवन्तता प्रदान गर्ने रङ्गहरू र प्याटर्नको मिश्रण सहित हाउस अफ स्पिरीट्स स्थापना गरेका छन्। गिब्सनको विचित्रता (क्विरनेस) प्रतिको दृष्टिकोण, बिरुवा र प्रकृतिको अन्त्यहीन विविधता यहाँ समावेश गरिएको छ।

ब्रेकिङ्ग द बाइनरी–

गार्डेन डिजाइनर प्याट्रिक फेदर स्टोन र उनको समूहले ब्रेकिङ्ग द बाइनरी प्रस्तुत गर्दै बिरुवाको वर्गीकरण र श्रेणीकरणको विषयको खोज गर्दै प्रकृतिको अनन्त क्षमताको उत्सव मनाउनका लागि केउका युवा फोरमसँग मिलेर काम गरेका हुन्।

यो सामग्री द गार्जियनबाट अनुवाद गरिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading