प्रधानमन्त्रीले भने, म समलिङ्गी विवाहको समर्थक हुँ, गृहमन्त्रीले दिए बधाई

प्रधानमन्त्रीले भने, म समलिङ्गी विवाहको समर्थक हुँ, गृहमन्त्रीले दिए बधाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू समलिङ्गी विवाहको समर्थक रहेको बताएका छन्। विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफल प्रधानमन्त्री प्रचण्डले समलिङ्गीहरूले स्वतन्त्रता पाउनु पर्ने पक्षमा आफू रहेको बताए।

लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको विवाह दर्ता भयो, समलिङ्गी विवाहको कानुन कहिले बन्छ? भन्ने पहिचान अनलाइनको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने,‘म त्यसको समर्थक हो। उनीहरूले स्वतन्त्रता पाउनु पर्छ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमै बोलाएर पहिलो विवाह दर्ताको प्रमाणपत्र प्राप्त गर्ने मायाको पहिचान नेपालका अध्यक्ष माया र सचिव सुरेन्द्रलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका छन्। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आगामी दिनमा पनि साथ सहयोग गर्ने बताए।

संविधान सभाका सदस्य सुनिलबाबु पन्तको पहलमा विवाह दर्ताको औपचारिक प्रमाणपत्र पाएका माया र सुरेन्द्रले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार सुनिश्चित हुने गरी कानुन बनाउन गृहमन्त्रीसँग अनुरोध गरे। ‘विवाह दर्ताको प्रमाणपत्र पायौँ, अरू धेरै जोडीहरू पनि विवाह दर्ता गर्न कुरेर बस्नु भएको छ,’सुरेन्द्रले भने,‘यति सहयोगका लागि धन्यवाद छ, थप कानुन बनाउन सहयोग गरिदिनुहोला।’

गृहमन्त्री श्रेष्ठले सुझाव दिइरहन आग्रह गरेका मायाले बताइन। ‘के के गर्नु पर्नेछ सुझाव दिनुहोला,’मन्त्री श्रेष्ठले भने,‘सरकारको साथ र सपोर्ट हुनेछ।’ १३ मङ्सिरमा विवाह दर्ताको औपचारिक प्रमाणपत्र प्राप्त गरेका माया र सुरेन्द्रलाई सरकारले पनि पहिचान दिएको छ।

संविधान सभा सदस्य पन्तले लामो सङ्घर्ष गरेका माया र सुरेन्द्रको विवाह दर्ताका लागि सपोर्ट गरिदिएकोमा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिए। उनले आगामी दिनमा पनि सपोर्टको अपेक्षा गरेको बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्ने गरी कानुन निर्माण गर्ने बताए। उनले समलिङ्गी विवाह दर्तालाई अस्थायी नभनी स्थायी गर्ने गरी मन्त्रालय अगाडी बढेको बताए।

मन्त्री आचार्यले सर्वोच्च अदालतको आदेश अनुसार प्राविधिक कुराहरू मिलाएर अगाडी बढ्ने प्रयासमा रहेको बताए। ‘अदालतले मान्यता दिएको अवस्थामा अब अगाडी बढ्न हामीलाई समस्या छैन,’के अब स्थायी विवाह दर्ता नै हुन्छ भन्ने पहिचानको प्रश्नमा मन्त्री आचार्यले भने,‘उहाँहरूको माग पनि त्यही छ, त्यस हिसाबमा उहाँँहरुकै माग अनुसार यो अगाडी बढ्छ।’

कीर्तिपुरमा समर्पण सभ्य समाजले गरेको सम्मान एवं स्वागतको भिडियो हेर्न क्लिक गर्नुहोला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading