रोजगारीको बाटो खुलाइदिनुहोस् : लैङ्गिक अल्पसङ्ख्यक

रोजगारीको बाटो खुलाइदिनुहोस् : लैङ्गिक अल्पसङ्ख्यक

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सडकमा उभिनु रहर नभएर बाध्यता भएको बताएका छन्।

नेपाल पर्यटन बोर्ड, मायाको पहिचान नेपाल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा समुदायका सदस्यले सडकमा उभिनुपर्ने बाध्यता अन्त्य गरिदिन सरकारसँग माग गरे।

साहसी कदम नेपालकी अध्यक्ष आनिक रानाले रोजगारीको बाटो नहुँदा सडकमा उभिन बाध्य हुनु परेको बताइन। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अभिभावक नेपाल सरकारले रोजगारीको बाटोमा लगाउनु पर्ने बताइन।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भविष्य निर्माण गरिदिन सरकारसँग माग गरिन। ‘नेपाल सरकार अभिभावक हो। आज सडकमा छौँ। किन सडकमा उभिए भनेर बुझ्नु पर्छ,’रानाले भनिन्,‘सडकबाट घरसम्म स्थापित गर्ने काम सरकारको हो।’

उनले रोजगारको बाटो नहुँदा यौन पेसा गर्न बाध्य हुनु परेको बताइन। ‘तेस्रोलिंगीको आवाज अरूले पनि बोलिदिनु पर्‍यो,’उनले भनिन्,‘आनिकलाई आनिक बनाइदिनुहोस्। यौनिक तथा लैङ्गिक समुदायलाई रोजगारको बाटो खुलाइदिनुहोस्।’

सुनिलबाबु पहिलो ‘रेन्बो टुरिजम एम्बेसडर’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले क्षमता भएका समुदायका व्यक्तिलाई अवसर प्रदान गर्नुपर्ने बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि तालिम दिएर क्षमतावान् बनाउने र रोजगारीको बाटोमा लगाउनु पर्ने केसीले बताए।

उनले यौन पेसामा लाग्नु सोख नभएको बताए। यौन क्रियाकलापबाट विस्थापित गरेर समुदायका सदस्यलाई सम्मानित पेसामा आबद्ध गराउन मायाको पहिचान नेपालले अभियान नै सञ्चालन गरेको केसीले बताए। ‘आउने दिनमा सामान्य पेसामा स्थापित हुने आशा गरेका छौँ,’केसीले भने,‘कम ब्याजमा, बिना धितो सहयोग गर्न सरकारसँग माग गर्छु।’

उनले आफ्नो समुदायलाई राज्य, विभिन्न सङ्घसंस्थाले बेवास्ता गरेको गुनासो गरे। ‘राज्यले हेर्नुपर्छ, राज्यले लैङ्गिक हिंसा गर्नु हुँदैन, परिवारबाट हिंसामा परिरहेका छौ,’उनले सरकारलाई सोधे,‘लैङ्गिक मैत्रीपूर्ण वातावरण छैन। यसबाट मुक्त हुनका लागि के कस्ता योजना छन्?’

उनले लकडाउनको समयमा सानो व्यवसाय गर्न लाग्दा कतैबाट सहयोग नपाएको बताए। ‘लकडाउनको बेला सानो बिजनेस गरेको थिए, कतैबाट ब्याकअप भएन,’केसीले भने,‘ आर्थिक रूपले सहयोग गर्ने सङ्घसंस्था भएन। बाटोमा आउने अवस्था भयो। क्षमताको प्रयोग गर्न पाएका छैनौ।’ उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकसँग हस्पिटालिटी सेक्टरमा राम्रो ज्ञान रहेको सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading