मेरो जीवन निकै राम्रो भएको छ : ओलम्पियन पौडीबाज सीन गन

मेरो जीवन निकै राम्रो भएको छ : ओलम्पियन पौडीबाज सीन गन

एजेन्सी : जिम्बाबेका पूर्वओलम्पियन पौडीबाज सीन गन समलिङ्गी पुरुषका रूपमा सार्वजनिक भएका छन्। हरारेमा सन् १९९३ डिसेम्बरमा जन्मिएका उनले सार्वजनिक रूपमा समलिङ्गी पुरुष बनेपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँगै खेल क्षेत्रबाट समेत व्यापक प्रशंसा बटुलिरहेका छन्।

आउटस्पोर्टसँगको एक विशेष अन्तर्वार्तामा, प्रतिभाशाली खेलाडी गनले आफ्नो आउँदै गरेको यात्राको बारेमा जानकारी दिँदै आफू समलिङ्गी पुरुष भएको सार्वजनिक गरेका हुन्। उनले केन्टकी विश्वविद्यालयमा अध्ययन गर्दा पहिलो पटक आफ्नो कामुकताबारे अनुभव गर्न थालेका थिए।

‘सुरुमा म सार्वजनिक भइन। केही वर्ष केटीहरूलाई डेट गरेँ। उनीहरूसँग मेरो सुमधुर सम्बन्ध थियो र म साँच्चै माया गर्थे,’ उनले भने,‘समयसँगै त्यो सबै परिवर्तन भयो र पछि केटाहरूसँग डेट गर्न थालेँ।’

भाग्यवश, सीन गनले विश्वविद्यालयको पौडी टोलीमा प्रतिस्पर्धा गरे। उनले आफ्ना टोलीका साथीहरूबाट कुनै धक्का–मुक्का खान परेन, जुन उनका लागि निकै सहयोगी साबित भयो। ‘वास्तवमा केही परिवर्तन भयो जस्तो मलाई लाग्दैन। बरु अझ राम्रा साथीहरू भए’ उनले थपे,‘म साँच्चै भाग्यमानी थिएँ कि सबैजना अचम्मैका थिए। म आफ्नै सबैभन्दा खुसी संस्करण बन्न चाहन्छु।’

समलिङ्गी पुरुषको जीवनयात्रा कलेजमै सुरु भए पनि प्रतिभाशाली एथलेटिक्स गनले परिवारलाई भने आफ्नो कामुकताका बारेमा वर्षौँपछि सम्म पनि केही बताएनन्। ‘तर दुर्भाग्यवश, म परिवार र घरका मानिसहरूसामु निकै पछि आएँ। यद्यपि समलिङ्गी पुरुषका रूपमा बाहिर आएदेखि मैले कुनै नराम्रो अनुभव गर्नुपरेन तर लामो समयसम्म म यससँगै सङ्घर्ष गरिरहनेछु भन्ने मलाई लाग्दछ’ उनले भने।

आफ्नो चिन्तालाई पछाडि छाड्दै २७ वर्षको उमेरमा उनी आफ्नो परिवारसमक्ष खुल्न सक्षम भएका छन्। ‘आफ्नो परिवार साथीभाइहरूको माझमा यति धेरै माया, प्रेम पाएर म निकै खुसी छु र म सबैको आभारी छु’ अन्तरवार्ताको अन्त्यमा उनले भने।

सन् २०१६ को रियो ओलम्पिकमा पुरुषको १०० मिटर फ्रिस्टाइलतर्फको स्पर्धामा भाग लिएपछि गनले पहिलो पटक अन्तर्राष्ट्रिय चर्चा कमाए। ३० वर्षीय खेलाडीले ११ औँ अफ्रिकी खेलकुद र केही फिना विश्व पौडी च्याम्पियनसिपमा पनि आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हिस्साका रूपमा खुलेका कार्ल नसिब, नादिया पोडोरोस्का र जोश काभालो सहित व्यावसायिक खेलाडीहरूको बढ्दो सूचीमा गन पनि सामेल भएका छन्।

हाल उनी आफ्ना प्रेमीका साथ दक्षिण अफ्रिकामा बसिरहेका छन्। गनका अनुसार उनी आजकल पौडीभन्दा धेरै कुद्ने गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading