समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो आसियान राष्ट्र बन्दै थाइल्यान्ड

समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो आसियान राष्ट्र बन्दै थाइल्यान्ड

एजेन्सी : थाई सिनेटमा समलिङ्गी विवाह विधेयकमाथि पहिलो अध्ययनमै बहुमत सदस्यले समर्थन जनाएका छन्। १४७ जना सिनेटरको मतका साथ विधेयक पारित भएको छ। विधेयकको विपक्षमा चार जना उभिँदा सात सिनेटर अनुपस्थित रहे।

उपस्थित १५८ सिनेटरहरूले पनि सबै लिङ्गका मानिसहरूलाई कानुनी रूपमा विवाह गर्न अनुमति दिने विधेयकको अध्ययन गर्न २७ सदस्यीय समिति गठन गर्न सहमत जनाएका छन्।

विधेयकको दोस्रो र तेस्रो अध्ययन सुरु हुनुअघि नै समितिले सात दिनभित्र सिनेटलाई सुझाव दिने अपेक्षा गरिएको थाइल्यान्डका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सिनेटमा तीन पटकको अध्ययनपश्चात् पारित भएपछि विधेयक लागू हुनु अघि शाही अनुमोदन प्राप्त गर्नेछ।

विधेयकमाथि छलफलको क्रममा बोलेका सिनेटर सेरी सुवानफानोनले समानताका मुद्दाहरू संविधानका कयौँ संस्करणहरूमा समेटिएको औँल्याउँदै लैङ्गिक विविधतालाई भने कानुनले पूर्ण रूपमा स्वीकार र संरक्षण गर्न बाँकी रहेको बताए।

‘हामीले लैङ्गिक विविधता भएका मानिसहरूलाई स्वीकार गर्ने र उनीहरूलाई हाम्रो समाजको हिस्सा बनाउने उपाय खोज्ने समय आएको छ,’उनले भने,‘धेरै दलहरू यो कानुन लागू गरियोस् भन्ने चाहन्छन्, हामी यसमाथि जनताको प्रवृत्ति भन्दा पनि तर्कको आधारमा विचार विमर्श गर्नेछौँ।’

सेरीले समलिङ्गी विवाह, समयपूर्व सम्बन्ध विच्छेद जस्ता सामाजिक समस्याहरूलाई रोक्ने उपाय खोज्न आह्वान समेत गरे। मतदान सकिएपछि सिनेटर पोल लेफ्टिनेन्ट जनरल सनित महाथवर्णले बाल दुर्व्यवहार र यौन दुर्व्यवहार जस्ता समस्या रोक्न विधेयकमा विवाहको कानुनी उमेर २० वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका थिए।

उनले पनि १८० दिन पर्खनुको सट्टा शाही स्वीकृति पछि तुरुन्तै कानुन लागू गर्न अनुमति दिन आग्रह गरे। धेरै समलिङ्गी जोडीहरू यस कानुन अन्तर्गत आफ्नो युनियन दर्ता गर्न उत्सुकतासाथ पर्खिरहेका उनले बताए।

गत मार्च २७ मा संसद्का ३९९ सदस्यले समलिङ्गी विवाह विधेयकको पक्षमा र १० जनाले विपक्षमा मतदान गर्दा २ जनाले मत दिएनन् भने ३ जना अनुपस्थित रहेका थिए।

विद्येयकमाथिको अत्यधिक समर्थनबाट प्रेरित विपक्षी मुभ फरवार्ड पार्टीका नेताले थाइल्यान्ड र विश्वभरिका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको लागि विजयभन्दै विधेयकको प्रस्ताव गरे।

विधेयकले कानुनी मान्यता प्राप्त गरेमा थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो आसियान राष्ट्र एवं ताइवान र नेपालपछि तेस्रो एसियाली राष्ट्र बन्नेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading