‘मिस्टर गे नेपाल’को लोगो अङ्कित टिसर्ट सार्वजनिक, विजेतालाई १ लाख पुरस्कार

‘मिस्टर गे नेपाल’को लोगो अङ्कित टिसर्ट सार्वजनिक, विजेतालाई १ लाख पुरस्कार

उपाधि विजेताले बेलायतमा हुने 'मिस्टर गे वर्ल्ड'मा सहभागी हुन पाउने

264
SHARES

काठमाडौं : मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ। मायाको पहिचान नेपालले आयोजना गर्न लागेको सम्मेलन र मिस्टर गे नेपालको लोगो अङ्कित टिसर्ट बिहीबार सार्वजनिक भएको हो।

मोडल, कोरियोग्राफर र होष्ट प्रिया रानी लामा, मेकअप आर्टिस्ट चन्द्र गुरुङ्ग, गे हेण्डसम २०१७ का मनिल सिंह, मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डेले मिस्टर गे नेपालको टिसर्ट सार्वजनिक गरेका हुन्।

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुको बिहीबारदेखि क्लोजक्याम्प सुरु भएको छ। क्याम्पमा देशभरबाट छनोट भएका १८ जना सहभागी छन्। वैशाख ९ गते आइतबारका दिन छाया सेन्टर ठमेलमा फाइनल भिडन्तमा १८ जना नै सहभागी हुने मायाको पहिचान नेपालका सचिव पाण्डेले जानकारी दिए।

मिस्टर गे नेपालको उपाधि विजेताले बेलायतमा हुने मिस्टर गे वर्ल्डमा सहभागी हुन पाउनेछन्। पुरस्कार राशि प्रथमलाई १ लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार सहित गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा मायाको पहिचान नेपालले गरेको छ।

मिस्टर गे नेपालका प्रतिष्पर्धीहरुलाई सम्मान सहित प्रमाणपत्र पनि प्रदान गरिनेछ। सन् २०१३ मा विश्वराज अधिकारीले पहिलो मिस्टर गे हेन्डसमको उपाधि पहिरिएका थिए भने सन् २०१७ मा भएको दोस्रो गे हेण्डसमको उपाधि मनिल सिंहले हात पारेका थिए।

त्यसपछि ६ वर्ष वर्षसम्म हुन नसकेको मिस्टर गे नेपाललाई मायाको पहिचान नेपालले २०२४ मा पुर्नजीवित गराएको छ। देशका विभिन्न जिल्लाबाट सहभागी प्रतिष्पर्धाीहरुले ६ वर्षपछि मिस्टर गे नेपाल आयोजना हुन लागेकोमा खुसी व्यक्त गरेका छन्।

मायाको पहिचान नेपालले अब देखि हरेक वर्ष मिस्टर गे नेपाल आयोजना गर्ने घोषणा गरेको छ। मायाको पहिचान नेपाल २०८० साल कार्तिकमा मात्रै स्थापना भएको हो।

स्थापनाको ६ महिनामै मायाको पहिचान नेपालले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक रेन्बो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन आयोजना गर्न लागेको छ। वैशाख ८ गते काठमाडौँको छाया सेन्टरमा रहेको होटेल एलफ्टमा सम्मेलन सुरु हुनेछ।

सम्मेलनमा, अमेरिका, बेलायत, जर्मन, भुटान, बङ्गलादेश, भारत, साउथ अफ्रिका लगायत देशबाट सहभागी हुने सुनिश्चित भैसकेको मायाको पहिचान नेपालले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
264
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.