बालबालिका र युवाहरूलाई हर्मोन दिन बन्द

बालबालिका र युवाहरूलाई हर्मोन दिन बन्द

624
SHARES

एजेन्सी : बेलायतमा तेस्रो लिङ्गी बालबालिकालाई प्रदूषित (टक्सिक) बहस र प्रमाणको अभावका कारण निराश पारिएको पाइएको छ।

लन्डनको सेन्ट थोमस अस्पतालका बाल रोग विशेषज्ञ हिलारी कासले एनएचएसले आफ्नो लैङ्गिक पहिचानमाथि प्रश्न उठाउने युवाहरूलाई प्रदान गर्ने सेवाका सन्दर्भमा चार वर्षको समीक्षा गर्ने कार्यको नेतृत्व गरिन्।

उनले तयार पारेको प्रतिवेदनमा आफ्नो लैङ्गिक पहिचानमाथि प्रश्न उठाउने बालबालिकालाई प्रमाणको अभाव र टक्सिक राजनीतिक बहसका कारण निराश पार्ने गरिएको उल्लेख छ।

‘लिङ्गसम्बन्धी सङ्कट व्यवस्थापनका क्रममा गरिने हस्तक्षेपको दीर्घकालीन असरलाई लिएर कुनै उपयुक्त तथ्यहरू छैनन् र युवाहरू यस मुद्दा सम्बन्धी तितो बहसको भुङ्ग्रोमा सेकिन पुगेका छन्’ कासले भने।

सबै पक्षको विचारधाराले बाल चिकित्सा र मानसिक स्वास्थ्यका सामान्य सिद्धान्तद्वारा निर्देशित हेरचाहको सट्टा उल्टै नियन्त्रित गर्ने काम गरेको उनको भनाई छ।

अप्रिल १ मा इङ्गल्यान्डको जनस्वास्थ्य प्रणालीका डाक्टरहरूले लिङ्ग डिस्फोरिया भएका बालबालिका र युवाहरूलाई यौवना अवरोधक हर्मोन दिन बन्द गरे।

लैङ्गिक पहिचान अनुरूप शारीरिक विशेषताहरू जस्तो दाह्री या स्तनको विकास रोक्न मद्दत गर्ने उक्त हर्मोनका सम्भावित लाभ र हानीका बारेमा पर्याप्त प्रमाणहरू नभएको भन्दै कासको नेतृत्वमा अघिल्लो रिपोर्टले सिफारिस गरेपछि हर्मोन दिन बन्द गरिएको हो।

नयाँ प्रतिवेदनमा आफ्नो लिङ्ग पहिचानमाथि प्रश्न उठाउने युवाहरूको समग्र मूल्याङ्कन गरिनुपर्ने सुझाव दिइएको छ।

१८ वर्षभन्दा कम उमेरका बालबालिका या किशोर किशोरीहरूलाई पुरुषार्थ या स्त्रीलिंग हर्मोन–टेस्टोस्टेरोन या एस्ट्रोजन दिने बारेमा निकै सावधानी अपनाउन पनि प्रतिवेदनले सुझाव दिएको छ।

प्रधानमन्त्री ऋषि सुनकले उक्त सुझावको स्वागत गरेका एपी न्युजले लेखेको छ। ‘हामी चिकित्सकीय उपचार या सामाजिक परिवर्तनबाट उनीहरूमाथि हुनसक्ने दीर्घकालीन असरबारे जान्दैनौँ त्यसकारण हामीले निकै सावधानी अपनाउन जरुरी छ’ सुनकले भनेका छन्।

आलोचकहरूले सुनकको कन्जरभेटिभ सरकारले लैङ्गिक पहिचानको मुद्दालाई ‘सांस्कृतिक युद्ध’ भन्दै चुनावी रणनीतिक रूपमा हतियार बनाएको आरोप लगाएका छन्।

बेलायत सरकारले भर्खरै विद्यालयहरूका लागि दिशानिर्देशहरू जारी गरेको छ जसमा शिक्षकले बालबालिकालाई उनीहरूको मन पर्ने सर्वनामद्वारा सम्बोधन गर्न आवश्यक नहुने बताएको छ।

युकेमा हालैका वर्षहरूमा तेस्रो लिङ्गी (ट्रान्सजेन्डर)को रूपमा पहिचान गर्ने युवाहरूको सङ्ख्या किन बढेको छ भन्ने बारे कुनै सरल व्याख्या नभएको पनि प्रतिवेदनको निष्कर्ष छ।

बेलायतले हर्मोन दिन बन्द गरे पनि नेपालमा भने हर्मोन क्लिनिक नै सञ्चालन भएको छ।

समाचार शेयर गर्नुहोस्
624
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.