मिष्टर गे नेपाल : टप टेन सार्वजनिक

मिष्टर गे नेपाल : टप टेन सार्वजनिक

647
SHARES

काठमाडौँ : मिष्टर गे नेपाल २०२४ का प्रतिस्पर्धी मध्ये टप टेनमा पर्नेहरूको नाम सार्वजनिक भएको छ। मायाको पहिचान नेपालले आयोजना गरेको मिष्टर गे नेपालका प्रतिस्पर्धी मध्ये टप टेनमा परेकाहरूको नाम भरखरै घोषणा भएको हो।

टप टेनमा पर्नेहरूमा अशोक कोइराला, नवीन जिसी, पवन ढकाल, लासाङ दोर्जे बल, लक्ष्मण मगर, अनुराग चन्द, सुनिल तामाङ, विष्णु जङ्ग ठकुरी, टिका बहादुर मगर र दिनेश चौधरी छन्।


टप टेनमा परेकाहरूलाई निर्णायकहरुले प्रश्न गरेका छन्। निर्णायकहरुले नेपालमा समलिङ्गी विवाह दर्ता भएको तर, अमेरिकाकै कतिपय राज्यमा कानुनी मान्यता पाउनु नसक्नुको कारण, शिक्षा, सम्पत्ति र स्वास्थ्य मध्ये कुन रोज्नु हुन्छ, सरकारसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि के माग्नुहुन्छ? लगायतका प्रश्न गरे।

टप टेनमा परेका प्रतिष्पर्धीहरुले निर्णायकहरूको प्रश्नमा सटिक जवाफ दिएका छन्। मायाको पहिचान नेपालले संस्था स्थापनाको ६ महिनामै ६ वर्षदेखि हुन नसकेको मिष्टर गे नेपाल आयोजना गरेको हो।

समाचार शेयर गर्नुहोस्
647
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.