मोदीलाई प्रधानमन्त्रीमा रोक्ने नितिश कुमारको दाउ

मोदीलाई प्रधानमन्त्रीमा रोक्ने नितिश कुमारको दाउ

काठमाडौं : भारतमा लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ। पाँच सय ४२ सिटका लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले २ सय ४० सिटमा जित हासिल गरेको छ।

भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ। यद्यपि भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ।

एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ। काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिव सेना (उद्धव ठाकरे) ९ सिट, एनसीपी (सपा) ले आठ सिटमा जित हासिल गरेका छन्।

काँग्रेस एक्लैले ९९ र समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन्। तृणमूल काँग्रेस (टीएमसी)ले २९ सिट जितेको छ। बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन्।

यद्यपि भाजपा सबैभन्दा ठुलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ। १० वर्षदेखि सत्ताको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शक्तिलाई यस पटकको निर्वाचन परिणामले भने सोचे अनुरुपको परिणाम दिएन।

यसअघि मोदीको नेतृत्वमा भाजपाले लगातार दुई पटक बहुमत ल्याउन सफल भएको थियो। छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले लोकसभा निर्वाचनमा बहुमत नल्याएपछि गठबन्धनमा आबद्ध दलहरूले भटाभट मोदीको साथ छाड्न थालेका छन्।

मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)मा आबद्ध जनता दल युनाईटेडका नितिश कुमार प्रधानमन्त्रीको बार्गेनिङ गर्दै अर्को दलमा पुगेका छन्। प्रधानमन्त्री पद पाए उनको दलले काँग्रेससँग गठबन्धन गर्ने तयारी गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.