टी–२० विश्वकप : मानव तस्करीको गम्भीर आरोप

टी–२० विश्वकप : मानव तस्करीको गम्भीर आरोप

2k
SHARES

काठमाडौं : टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोली अमेरिकामा छ। नेदरल्याण्ड्ससँगको पहिलो खेलमा पराजित भएको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा अङ्क बाढेको छ।

वर्षाका कारण श्रीलंका संगको खेल रद्द भएपछि नेपालको आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर –८ मा पुग्ने यात्रा निकै कठिन बनेको छ।

फ्लोरिडामा श्रीलङ्का र नेपालको खेल तय भए पनि निरन्तर वर्षाका कारण टस समेत हुन नसकी खेल रद्द भएको थियो। खेल रद्ध हुँदा श्रीलङ्का र नेपाल दुवै टोलीलाई ठुलो घाटा लागेको छ। अब समूहको दोस्रो स्थानमा रहँदै सुपर –८ को यात्रा तय गर्न बङ्गलादेश, नेपाल र नेदरल्याण्ड्सबीच तीव्र प्रतिस्पर्धा हुनेछ।

नेपालको तुलनामा बङ्गलादेश र नेदरल्याण्ड्सको सुपर–८ मा पुग्ने उच्च सम्भावना छ। नेपालले अव वेष्टईण्डिजमा हुने खेलमा दक्षिण अफ्रिका र बङ्गलादेशलाई हराएर मात्रै पुग्दैन नेदरल्याण्ड्ले बाँकी दुई खेल हार्नुपर्ने छ।

भारतले आइसिसी टी–२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधवार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो। जारी प्रतियोगितामा भारत अपराजित छ।

भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ। अमेरिकाले दिएको गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्‍यो।

समूह एमा रहेको भारत ६ अङ्क जोडेर सुपर ८ मा प्रवेश गरेको छ। अमेरिका ४ अङ्क सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अङ्क सहित तेस्रो र चौथो स्थानमा छन्। अमेरिका, पाकिस्तान र क्यानडाको सुपर एटको सम्भावना अन्तिम खेलको नतिजामा भर पर्नेछ।

क्यान नेपाललाई हराउन लागेको आरोप

अमेरिका र वेष्टइण्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा क्यानको नेतृत्वबाट गलत काम भएको आरोप लागेको छ। अनियमितताको गुनासो आएको भन्दै छानबिन आयोग नै गठन गर्न सांसद भीम आचार्यले माग गरेका छन्।

नेपाल क्रिकेट सङ्घ क्यानले मानव तस्करी गरिरहेको गम्भीर आरोप सांसद आचार्यले लगाएका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद आचार्यले क्यानमाथि लागेको सबै आरोपको छानबिनका लागि सरकारसँग माग गरे।

क्यान नै नेपाली टोलीलाई हराउन लागि परेको आरोप उनले लगाए। जिताउन लाग्नु पर्ने क्यानको नेतृत्व हराउन लागेर किन टिम बनायो? उनले प्रश्न गरेका छन्।

१० जनाको सपोर्टिङ टिममा अनिवार्य एक जना डाक्टर हुनु पर्नेमा डाक्टरको नाम कटाएर एक जना महिलाको नाम राखिएको उनले बताए। ‘जसले गर्दा आइसिसीले अस्वीकार गर्‍यो,’उनले भने,‘यसले नेपाललाई ठुलो आघात पारेको छ।’

नेपालबाट अवैध रूपमा जर्सीहरू अमेरिका लगेर नेपालीहरूलाई विक्री गरिरहेको, त्यसबापतको रकम हिनामिना भएको, अमेरिका बस्ने नेपालीहरूबाट क्यानका नाममा चन्दा उठाएको तर क्यानको खातामा नराखेको, ८० डलर पर्ने खेलको टिकट १३५ डलरसम्म विक्री गरेको तथा नेपालले पाएको ४०० टिकट र २०० भिआइपी पास समेत दुरुपयोग गरेको आरोप छ।

हेर्नुहोस् भिडियो

 

समाचार शेयर गर्नुहोस्
2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.