"/>

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की

हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको विरोध गर्नेलाई धम्की

काठमाडौं : हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको वकालत गर्दै आएका गैरसरकारी संस्थाहरूले विरोध गर्नेहरूलाई धम्की दिएका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले लिङ्ग परिवर्तन गर्न पाउनु पर्ने र हर्मोन क्लिनिक नै सञ्चालन गर्नुपर्ने लबिङ गर्न दातृ निकायबाट सहयोग लिएका संस्थाहरूले विरोध गर्ने सांसदहरूलाई नै धम्की दिएका हुन्।

संविधानमा हर्मोन लिने र लिङ्ग परिवर्तन गर्नेको पहिचानको अधिकार लेखिएको छैन। यो कुनै व्यक्तिले सोखका रूपमा गर्न सक्छ। जस्तो सन्तोष पन्तका छोरा क्याटरिन पन्तले एक दशक अघि लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेका थिए।

अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा यौनिक अल्पसङ्ख्यक

उनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्दैनन्। लिङ्ग परिवर्तन गरेर पहिचानको अधिकार माग्ने गलत अभ्यासको चौतर्फी विरोध भइरहेका केही गैरसरकारी संस्थाहरू भने दातृ निकायको सहयोग लिएर अभियान नै चलाइरहेका छन्। आफूलाई संविधान, कानुन, ऐन नियम भन्दा माथि भएको दम्भ देखाइरहेका छन्।

संविधानमा भएको व्यवस्था यस्तो छ:

नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई पहिचान सहितको अधिकार सुनिश्चित गरेको छ। विभेद गर्न नपाइने र राज्यका हरेक निकायमा समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको छ। नागरिकता ऐन २०६३ मा संशोधन भएर ‘अन्य’ पहिचानमा नागरिकता लिने व्यवस्था गरिएको छ।

तर, मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले भने संविधानको गलत व्याख्या गरेकी छन्। उनले लिङ्ग परिवर्तन र हर्मोन लिएर महिला बन्नेहरूले महिलाको भावना प्रतिनिधित्व नगर्ने सांसद सुशीला श्रेष्ठको अभिव्यक्तिका विरोध गरेकी छन्।

घलानको प्रतिक्रिया यस्तो :

सम्मानित संसद हामी ३ करोड नेपालीको हो र त्यहा रहेका हरेक माननीय हाम्रा प्रतिनिधि हुन् जस्ले हाम्रो जीवन सहज गर्ने र असमानताको अन्त्य गर्ने जिम्मेवारी बोकेका छन्!

हाम्रो बर्तमान संबिधानले सामाजिक न्याय, समावेशीता संगै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्विकारेको कम्तिमा हामीलाई त थाहा छ ! तर त्यहि संविधान निर्माण गर्ने थलोबाट भएको यो अभिब्यक्ति संविधानको बिरूद्ध त छदैछ साथै यस्ले समानतामा बिश्वास गर्ने हरेकलाई नर्माहत बनाएको छ!!!
माननीय सुशीला श्रेष्ठज्यू।

वरिष्ठ महिलावादी भनेर चिनिने गरिएको यंहाले गर्नुभएको अभिव्यक्ति जुन सार्वजनिक रुपमा संसदीय सदनभित्र हाम्रो समुदायलाई लक्षित पारेर दिनुभएको यहाँको अभिव्यक्तिले हाम्रो सिंगो समुदायको मर्माहत छ।

जो अन्य लिङ्गी भित्र पनि आफूलाई महिला र पुरुषको अभिव्यक्ति दिँदै आइरहनुभएको र पहिचानसित जोडिएको ठूलो युद्ध लड्दै आइरहनुभएको यस पहिचानको मुद्दालाई आज यहाले सजिलै कसरी यो व्याख्या गर्न सक्नुभयो माननीय ज्यू?

यंहाले कहिले पनि आफूलाई हाम्रो ठाउँमा त्राखेर महसुस गर्न सक्नुहुन्छ माननीय ज्यू? यंहाको सन्तानमा परिवारमा हामी जस्तो व्यक्तिको जन्म भयो भने के यस्तै खालको सङ्कुचित अभिव्यक्ति दिनुभई दबाउनुहुन्छ?

घर र समाज त निकाला गर्नुहुन्छ पक्का हो,कि देश पनि निकाला गर्नुहुन्छ माननीय ज्यू?

यो मेरो प्रश्न यंहालाई मात्र होइन यो संसद भवनभित्र बस्ने सांसदज्यूहरूको लागि पनि हो? जो चुपचाप यो सब सुनेर बसे!!

यंहा एउटा महिला अधिकारकर्मी मात्र होइन माननीय ज्यू ,नीति निर्माण तहका व्यक्तिलाई कानुन बनाउन आदेश दिने ठाउँमा हुनुहुन्छ, हामीले पनि हाम्रो अभिभावक मानेका थियौ!!!

न्यायपूर्ण ठाउँमा हुनुभएको व्यक्ति हो यो हेक्का पनि राख्नुहोला।

न्यायपूर्ण ठाउँमा पुग्नुभएको व्यक्तिबाट अब हामीले कस्तो खालको न्याय को आशा गर्ने र कस्तो खालको कानुनको अपेक्षा गर्ने?

अन्याय गर्नु गलत हो भने अन्याय सहनु अझ ठुलो गल्ति हो।

म माथि भएको धेरै खालको अन्याय र अत्याचारकै कारण आज म यस स्थानमा छु।

जुन आन्दोलन लिएर म हिँडिरहेको छु त्यो आन्दोलनलाई कसैले खरानी बनाउन खोज्छ भने हाम्रो प्रतिक्रिया पनि पक्कै आउने छ।

म महिलावादी हुँ।

तर आज एउटा महिलावादी भनेर चिनिएको व्यक्तिले यस्तो खालको आफ्नो अभिव्यक्ति दिन्छ भने हामीले यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई महिलावादी भन्ने कि नभन्ने?

यो मेरो मात्र प्रश्न होइन सिंगो महिलावादी भएकै कारणले महिलावादी व्यक्तिहरूलाई नै सिंगो समुदायको प्रश्न छ?

खुल्ला प्रश्न छ?

आशा छ यो अभिब्यक्तिलाई यहाले हाम्रो समुदायको साझा प्रस्तुति मान्नुहुनेछ र आगामी दिनमा हामीलाई पनि संबिधानले प्रदान गरेको हाम्रो हक सुरक्षित र ब्यबहारमा लागु गर्न यॅहाको पहल र सहकार्य हुनेछ!!

हाम्रो यस आन्दोलनलाई सहयोग पुर्‍याएर हामी सँगसँगै हुने सम्पूर्ण सहकर्मी साथीहरू र एल,जी,बि,टी आई प्रेमीहरूलाई आफ्नो अभिव्यक्ति,जिज्ञासा र भनाइहरु राख्न पनि आग्रह गर्दछु।धन्यवाद🙏🏳️‍🌈🏳️‍⚧️💪🏻👣

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला, महिला बनेका पुरुष देखि तर्सिए सांसद

सांसद श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा हर्मोन लिएर या लिङ्ग परिवर्तन गरेर महिला पुरुष बन्ने र पुरुष महिला बन्ने काम गलत भएको बताएकी थिइन।

घलानले सांसद श्रेष्ठले बोलेको त्यही अभिव्यक्ति फेसबुकमा राखेर धम्की पूर्ण अभिव्यक्ति दिएकी हुन्। ‘न्यायपूर्ण ठाउँमा हुनुभएको व्यक्ति हो यो हेक्का पनि राख्नुहोला,’घलानले लेखेकी छन्।

सांसद झाले गराइन सरकारको ध्यानाकर्षण : हर्मोन क्लिनिक र लिङ्ग परिवर्तनको गैरकानुनी काम तत्काल रोकियोस्

अन्य लैङ्गिक पहिचानमा नागरिकता लिनेहरूलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्नका लागि हर्मोन लिन र लिङ्ग परिवर्तन गर्न मितिनी नेपालसहित ब्लु डायमन्ड सोसाइटी, क्रुजएड्स नेपाल र एफएसजिएमनले उक्साइरहेको सार्वजनिक भैसकेको छ।

आफू जे हो त्यही पहिचानमा अधिकार माग गर्ने समुदायलाई भ्रममा पारेर हर्मोन र लिङ्ग परिवर्तन गर्न उक्साउने यी संस्थाहरूमाथि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले पारदर्शिताको प्रश्न उठाए पनि त्यसको जवाफ भने दिएका छैनन्।

पारदर्शिताको प्रश्नमा गुपचुप बसेका यी संस्थाका नेतृत्व व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पर्ने हर्मोन र लिङ्ग परिवर्तनका लागि धम्की दिएरै खुल्लमखुल्ला अभियान चलाइरहेका छन्। नियमनकारी निकायले यी संस्थाको गलत अभियानमा अङ्कुश लगाउन सकेको छैन।

सम्बन्धित समाचार :

सांसदहरूले भने, ‘लिङ्ग परिवर्तन र हर्मोन बन्द गर्नुहोस्, मुद्दा साझा बनाउनुहोस्’

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

विपिनको निधनमा समुदायको वेदना : जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

सर्वोच्चमा पहिलो रिट दर्ता गर्ने मध्येका एक वैद्यको निधन

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

नागरिकता बनाउन लिङ्ग परिवर्तनको प्रमाणपत्र किन?

किन लुक्यो ‘अन्य’ पहिचानको तथ्याङ्क? (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.