"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अमन्तिनाथ भनिएका व्यक्ति भाइ अमृत भएको पुष्टि

अमन्तिनाथ भनिएका व्यक्ति भाइ अमृत भएको पुष्टि

185
SHARES

काठमाडौं : १३ वर्षदेखि बेपत्ता भएका अमन्तिनाथ दाहाल भेटिएको भनिए पनि उनी नभएर उनको भाइ भएको पुष्टि भएको छ।

मकवानपुरको भिमफेदी चकमके जङ्गलमा भेटिएका भनिएका अमन्तिनाथ नभएर उनका भाइ अमृत भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

काभ्रे नमोबुद्ध नगरपालिकाका अमन्तिनाथ भेटिएको जानकारी आएपछि बुझबुझारथ गर्न भिमफेदी पुगेको परिवार बुबा नभएर काकालाई देखेपछि आश्चर्यमा परेको छ।

इलाका प्रहरी कार्यालय भिमफेदीलाई पूर्वमन्त्री रेशम लामाले तस्बिर पठाएर अमन्तिनाथ चकमके जङ्गलमा हिँडिरहेको सूचना दिएर नियन्त्रणमा लिन अनुरोध गरेका भिमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन।

‘कुनै उजुरी परेको होइन, पूर्वमन्त्री रेशम लामाले फोन गरेर समातेर ल्याउनु भन्नुभयो,हामीले समातेर ल्यायौँ,’प्रहरी निरीक्षक ढकालले पहिचानसँग भनिन्,‘नाम सोध्दा अमृत भन्नु भयो, अमन्तिनाथ नै होला भनेर हामीले परिवारलाई खबर गर्‍यो, परिवार राति १० बजे आएर बुझबुझारथ गर्दा काका चाही हुनुहुँदो रहेछ।’

१३ वर्षदेखि बेपत्ता अमन्तिनाथ दाहाल फेला परेको दावी

चकमकेमा भेटिएको तस्बिर सार्वजनिक गर्दा सबैतिरबाट अमन्तिनाथ नै भएको सञ्चार भएको थियो। तर, उस्तै अनुहारका अमन्तिनाथ नभएर उनका सहोदर भाइ अमृत भएको पुष्टि भएको प्रहरी निरीक्षक ढकालले बताइन। ‘दुवै जना नै हराउनु भएको रहेछ, अनुहार पनि उस्तै रहेछ,’उनले भनिन्,‘परिवार बुझ्न आएपछि मात्रै अमन्तिनाथ नभएको पुष्टि भयो।’

अमन्तिनाथ भेटिएको चारैतिरबाट तस्बिर सहित जानकारी आएकाले सोमबार राती छोरीहरू अर्चना र प्रतिमा भिमफेदी प्रहरी कार्यालयमा पुगेका थिए। बुबालाई लिन पुगेका छोरीहरू काकालाई लिएर काठमाडौं फर्किएका छन्।

अमन्तिनाथका छोरा सुमन हाल विदेशमा भएकाले छोरीहरू भिमफेदी कार्यालय पुगेका थिए। छोरा बुहारी सिता दाहालले बुबा भेटिएको भनिए पनि भेट्न जाँदा काका भेटिनु भएको बताइन।

‘सबैले अमन्तिनाथ नै भेटिनु भएको भनेर हल्ला गरे, हामी पनि बुबा भेटिनु भयो भनेर खुसी भयौँ र लिन गयौँ,’सिताले पहिचानसँग भनिन्,‘आखिर बुबा नभएर काका हुनुहुँदो रहेछ।’

तीन वर्ष अघि छोरा सुमन बुबाको खोजीका लागि झापासम्म पुगेका थिए।
तस्बिर : इलाका प्रहरी कार्यालय भिमफेदी

समाचार शेयर गर्नुहोस्
185
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.