ग्लोबल आइएमई बैङ्क र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैङ्क र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

354
SHARES

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा बैङ्कका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैङ्कमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिने बैङ्कले जनाएको छ।

दीपल र सेरेस ब्रान्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय रहेको र उक्त कम्पनीले नाम्मी ब्रान्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा विक्री सुरुवात गरिसकेको छ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैङ्कले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

समाचार शेयर गर्नुहोस्
354
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.