राष्ट्रिय वाणिज्य बैङ्कको शैक्षिक कर्जा : ५ लाखदेखि १ करोडसम्म

राष्ट्रिय वाणिज्य बैङ्कको शैक्षिक कर्जा : ५ लाखदेखि १ करोडसम्म

506
SHARES

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैङ्कले आरबीबी शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ। ‘पढाई को लागि पैसा, नो टेन्सन’ नारा सहित बैङ्कले आरबीबी शैक्षिक कर्जा कार्यक्रम घोषणा गरेको जनाएको छ।

बैङ्कले ५ लाखदेखि १ करोडसम्म कर्जा उपलब्ध गराउनेछ। पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने बैङ्कले जनाएको छ।

अध्ययन गर्नको लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बैङ्कले जनाएको छ।

बैङ्कले विस्तृत जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैङ्कको शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।

समाचार शेयर गर्नुहोस्
506
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.