"/>

मेयरका उम्मेदवार तेस्रोलिंगी हनि र मौनीले कोणसभा तथा अन्तरक्रिया गर्दै

मेयरका उम्मेदवार तेस्रोलिंगी हनि र मौनीले कोणसभा तथा अन्तरक्रिया गर्दै

560
SHARES

काठमाडौँ : कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका तेस्रोलिंगी महिला दीपक महर्जन (हनि) र ४ नं वडा अध्यक्ष पदका उम्मेदवार राजीव महर्जन (मौनी) ले कोणसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्।

मेयर र वडा अध्यक्षमा पहिलो पटक उम्मेदवारी दिएका तेस्रोलिंगी महिला हनि र मौनीले कीर्तिपुरको लायकु दरबार परिसरमा बुधवार बिहान ११ बजे कोणसभा तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेका हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका तेस्रोलिंगी महिला हनि र मौनीले स्थानीय मतदातालाई आफ्नो प्रतिबद्धताबारे पनि जानकारी गराउने जसपा नेपालले जनाएको छ।

हनि र मौनी सहित संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्य, केन्द्रीय सदस्य सन्तोष सिलवाल, नेवा प्रदेश सदस्य राकेश श्रेष्ठ, जिल्ला अध्यक्ष विक्रम पौडेल, लगायतले स्थानीय मतदातासँग अन्तरक्रिया एवं कोणसभा गर्ने केन्द्रीय सदस्य सिलवालले जानकारी दिए।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्य तेस्रोलिंगी महिला हनि र मौनीले उम्मेदवारी दर्ता गराएसँगै घरदैलो कार्यक्रम जारी राखेका छन्।

समाचार शेयर गर्नुहोस्
560
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.