तेस्रोलिंगी उम्मेदवार घरदैलोमा पुगेर मत माग्न व्यस्त

तेस्रोलिंगी उम्मेदवार घरदैलोमा पुगेर मत माग्न व्यस्त

311
SHARES

काठमाडौँ : ‘तपाईँहरूको आशा निराशामा बदलिन दिने छैन,’कीर्तिपुर नगरपालिकाको रिक्त प्रमुख पदमा उम्मेदवारी दिएका तेस्रोलिंगी महिला दीपक महर्जन (हनि) र ४ नं वडा अध्यक्षमा उम्मेदवारी दिएका तेस्रोलिंगी महिला राजीव महर्जन (मौनी) मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।

मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा विजयी हुन उनीहरू बिहान सबेरैदेखि बेलुका अबेरसम्म खटिएका छन्। हनि र मौनीको पक्षमा मत माग्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय पनि खटिएका छन्।

समुदाय सुधारका अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीको हाम्रो भन्दा राम्रो छान्न अनुरोध गरिरहेका छन्। ‘भोट खेर जान दिँदैनौँ,यो पटक फरक उम्मेदवारलाई भोट दिएर जिताऔँ,’चुनावी अभियानमा खटिएका केसीले भने,’पर्यटकीय क्षेत्र, धार्मिक स्थलको संरक्षण प्रवर्द्धन गर्दै पर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी सिर्जना गर्ने र व्याप्त समस्यालाई समाधान गर्ने उहाँहरूको योजना छ।’

कक्षा १२ पास भए पछि विना ब्याजमा ऋण उपलब्ध गराउने प्रतिबद्धता नगर प्रमुखका उम्मेदवार हनिले जनाएका छन्। वडा अध्यक्षका उम्मेदवार मौनी अरू भन्दा राम्रो विकास गरेर देखाउने सुनाइरहेका छन्।

हनि र मौनीले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका हुन्। मङ्सिर १६ गते मतदान हुने दिन नजिकिँदै गर्दा उनीहरू भोट माग्न व्यस्त छन्। चुनाव प्रचारप्रसारका क्रममा समुदाय सुधारका अभियन्ता मधु केसीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय निस्वार्थ हुने भन्दै भोट खेर जान नदिन अनुरोध गरिरहेका छन्।

Exif_JPEG_420

कीर्तिपुरमा १० वटा वडा छन्। नगर प्रमुख पदमा २० राजनीतिक दल र स्वतन्त्र गरी २० जना उम्मेदवार छन्। भोट माग्न घरदैलोमा पुगेका हनि र मौनीलाई मतदाताले गुनासा, आशासँगै यसअघिका उम्मेदवारहरूसँगको आक्रोश पनि पोखेका छन्।

काम गरेर देखाउन मतदाताले हनि र मौनीलाई सुझाव दिएका छन्। हनि र मौनी भोट माग्दै घर दैलोमा पुग्दा मतदाताले,’१० वटा वडामा २० जना उम्मेदवार छन्,जनताको छोरा मर्‍या मर्यै, ल अब विचार गर्नुहोस्, एक भोट पाउनु भयो,’भन्ने प्रतिक्रिया दिएको भिडियो समर्पण सभ्य समाज नेपालले सामाजिक सञ्जाल फेसबुकमा सेयर नै गरेको छ।

स्थानीय तह उपनिर्वाचनमा पहिलो पटक तेस्रोलिंगी महिला पहिचान खुलाएर चुनावी मैदानमा उत्रिदा कीर्तिपुरका मतदाता पनि उत्साहित देखिएका चुनावी प्रचार टोलीले बताएको छ।

यो पनि : कीर्तिपुरमा तेस्रोलिंगी उम्मेदवारलाई भोट किन?

समाचार शेयर गर्नुहोस्
311
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.