जापानमा विशाल माछा प्रदर्शनीमा, बजार मूल्य १३ लाख अमेरिकी डलर

जापानमा विशाल माछा प्रदर्शनीमा, बजार मूल्य १३ लाख अमेरिकी डलर

568
SHARES
तस्बिर : वासिङ्टनपोष्ट

एजेन्सी : जापानमा ब्लुफिन टुना जातको विशाल माछा प्रदर्शनीमा राखिएको छ। टोकियोको टोयोसु बजारमा प्रदर्शनमा राखिएको माछाको मूल्य १३ लाख १५ हजार ४८५ अमेरिकी डलर रहेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

ओनोडेरा समूहका मिशेलिन ताराङ्कित सुशी रेस्टुरेन्टहरूले आइतबार २७६ किलोग्राम तौल भएको उक्त ब्लूफिन टुना माछाका लागि १३ लाख १५ हजार ४८५ अमेरिकी डलर तिरेको बताएका छन्। उक्त माछा मोटरसाइकल आकारको छ।

जापानमा ब्लूफिन टुना जातको माछाको बोसोको उच्च माग रहेको छ। यसको बोसोबाट विभिन्न प्रकारका परिकारहरू बन्ने भएकाले जापानी संस्कृतिहरूमा यसको उच्च प्रयोग हुँदै आएको छ। यस माछा तीन प्रकारका हुने गरेका छन्।

मेक्सिकोको खाडी र भूमध्यसागरदेखि उत्तरी अटलांटिकसम्मको एट्लान्टिक महासागरमा पाइने जातको माछालाई एट्लान्टिक ब्लूफिन टुना भन्ने गरिएको छ। यस माछा ब्लूफिन प्रजातिहरू मध्ये सबैभन्दा ठुलो माछा पनि हो।

यसको तौल झन्डै ४५० किलोग्राम सम्म हुने गरेको छ। यस्तै अर्को जातको प्यासिफिक ब्लूफिन टुना प्रशान्त महासागर तथा जापानको पूर्वी तटबाट उत्तरी अमेरिकाको पश्चिमी तटमा पाइन्छ।

मुख्यतया दक्षिणी महासागर तथा विशेष गरी अस्ट्रेलिया, न्यूजील्याण्ड र दक्षिणी अफ्रिकाको वरिपरि पाइने जातको माछालाई दक्षिणी ब्लूफिन टुना भनिन्छ। यसको तौल झन्डै २२७ किलो सम्म हुने गरेको छ।

समाचार शेयर गर्नुहोस्
568
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.