आजकल दिनहुँ
देशमा तन्त्र र मन्त्रका नाममा
भाइ भाइको हत्या ,द्वन्द्व चल्दै छ
राणा ,शाह हुँदै गण सम्म आउँदा
जनताले के पाए ?
उही महँगी भ्रष्टाचार र अराजकता
अनि केका लागि देशमा रहूँ
हिंसाको वैधानिकता
देख्दै भोग्दै गरेका हामी
के आस र भरोसामा रहने
भो अब देश फर्कन्न !
परदेश बस्यो घरदेश सोच्यो
अनि घरदेश बस्यो परदेश जाने बाध्यता
तसर्थ,
आजकल परदेशनै घरदेश लाग्दो रै छ।
आखिर के पाउन सभा र आन्दोलन
गर्दै हिँड्ने?
फगत क्रान्ति र वाद चाएको
छैन, मात्र सुखी/ खुसी र
सुशासन
चाहेको हो।
कति दशक या युग कुर्नु पर्ने हो
व्यवस्था अवस्था
परिवर्तनका लागि
भो अब देश फर्कन्न!
अझै कति रक्तपातको
दुर्दशा गराउँछौ हो
माननीयहरू?
घरको मूली खराब भए पछि
घर घर जस्तो हुन्न भने झैँ !
केही त सोच
बिचार गर
विरोधका लागि विरोध नगर
आफूले आफूलाई प्रश्न गर्नु छ
के देश बिचौलियाले चलाएको हो र?
भो अब युद्धको बिगुल बजाउन
बन्द गर।
अब यस्ता खालका हिंसाको अन्त्य
चाहन्छ परदेश बस्ने हामी नेपाली!
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.