भुठान- किन हेर्ने?

भुठान- किन हेर्ने?

3.7k
SHARES

भुटानमा हो या शरणार्थी शिविर देखि पश्चिमा मुलुकसम्म धेरै मध्ये एक चर्चाको विषय हो चलचित्र ‘भुठान’। छायाङ्कन देखिने यो चलचित्रले एक किसिमको बहस सृजना गरिदिएको छ। केही यो चलचित्रले देशको नाम बिगारेको आरोपमा व्यस्त छन्, त कति यो चलचित्रले कतै भुटानीहरूको १९९० तिरको आन्दोलनलाई तोडमोड गरेर यी देशबाट लखेटिएका मानिसको कथामा विध्वंस पो गर्ने हो कि भन्ने शङ्काको भुमरीमा छन्। केही मानिसले भने यो चलचित्रले भुटानी अमेरिकनलाई समेत स्थान दिएकोमा खुसी व्यक्त गरेको पाइन्छ। मानिस हुनु हरेक आकलन गर्न स्वतन्त्र छन् र उनीहरूको बिचार राख्न पाउने अधिकार हो जुन कसैले चाहेर पनि रोक्न वा छेक्न सक्दैन।

भुठान के हो त? यो बुझ्न त चलचित्र नै हेर्नै पर्छ र धैर्यताका साथ कुरी रहेको छु। दिग्गज कलाकार हरिवंश आचार्य, दयाहाङ राई जस्ता कलाकारले अभिनय गरेको चलचित्रले भुटानीहरूको कथा तोडमोड गर्दैन भन्नेमा म चैँ विश्वस्त छु। फेरी यो चलचित्र भुटानी समाजमा ओहायोका सिटी काउन्सिल सदस्य भुटानी समाजका भुवन प्याकुरेलले आफ्नी छोरी अदितिलाई डेव्यु गराए पछि त समाज एक किसिमले मक्ख र ढुक्क छ भने अर्को तिर यसले हाम्रो कथालाई न्याय दिनेमा आसावादी पनि छ।

भुठान संसारकै खुसी मानिस र पोस्टर र टिजरमा पनि पाएकै हो, यस अर्थमा देशबाट लखेटिएकाहरूको देश खोसिए पनि खुसी कहिल्यै खोसिए भन्ने छ कि भन्नेहरू पनि बजारमा पाइन्छन्।

भुठान जे हो त्यो त अबका केही दिनमा थाहा नै हुने छ। केही भुटानीहरूले उठाउँदै आएको विषय तिर प्रवेश गर्न चाहे।

यदि भुटानीहरूकै कथालाई साँच्चै उठान गरेर उनीहरूको पिडाको सारथि बन्न खोज्छ यो चलचित्रले भने लगानी उठिसके पश्चातको नाफाको केही प्रतिशत के यो चलचित्रको टिमले हालसम्म पनि शिविरमा रहेका ती भुटानी योद्धालाई केही राहत उपलब्ध गराउँछ? के उनीहरूलाई थोरै भए पनि लु है भनेर सम्झिन्छ? कि त्यसो गर्दैन त निर्माण पक्षले? यो एउटा गम्भीर रूपमा उठिरहेको प्रश्न हो।

ठिक छ चलचित्र शिविरमा होइन अमेरिकामा आएका मानिसको सफल कथा हो र शिविरसँग यसको केही सम्बन्ध छैन भन्ने लाग्छ भने भुटानीहरू बसेका जुनै देशका शहरमा भुटानीहरूको एउटा न एउटा संस्था छ। जस्तै अमेरिकामै हेर्ने हो भने भुटनीज कम्युनिटी इन ह्यरिसबर्ग, ओहायोको कोलम्बसमा भुटनीज कम्युनिटी इन सेन्ट्रल ओहायो आदि१ यी या यस्ता संस्थालाई निर्माण पक्षले केही रकम समाज कल्याणका निम्ति छुट्याउछ? कि फेरी पनि भुटानीहरूको नाममा आफ्नो खल्ती मात्र दह्रो बनाउँछ? यो प्रश्न र प्रसङ्ग जोडतोडले उठिरहेको छ भुटानी समाजमा। यदि यस्तो कुनै सहयोग गर्ने सोचमा निर्माण पक्ष छ भने चलचित्र प्रदर्शन अगावै घोषणा गर्दिए कतै दर्शकको घुइँचो लाग्ने थियो कि हलमा?

१मिनेट ५२ सेकेन्डको टेलरको एउटा शब्दले मानिसहरू परिवारसँग बसेर हेर्न मिल्छ त भनेर पनि प्रश्न गर्दै छन्। यसको उत्तर पनि निर्माण पक्षले दिएकै होला र दिन्छ पनि होला। तर जुन रूपमा भुटानीहरूले उठाएको प्रश्न छ त्यसको उत्तर निर्माण पक्षले दिन्छ कि दिन्न? यदि फेरी पनि भुटानीहरूको कथाको नाममा आफ्नो खल्ती बाक्लो पार्ने दाउ हो भने केहीले चैँ यो चलचित्र बहिस्कार नै गर्ने भन्दै आएका छन्। जसले जे गरे पनि चलचित्र बनेको छ यसले पक्कै पनि भुटानीहरूको पिडामा मलम लगाउने नै छ भन्नेमा म चैँ ढुक्क छु।

चलचित्रलाई शुभकामना, भुटानी अमेरिकन अदिति प्याकुरेललाई बधाइका साथै यही क्षेत्रमा उज्ज्वल भविष्यको शुभकामना! बाकी कुरा चलचित्र हेरे पछि!!!

(निरौला भुटानी अमेरिकन पत्रकार हुन।)

समाचार शेयर गर्नुहोस्
3.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.