"/>
काठमाडौं : शक्ति जसको हातमा छ, त्यसले आफ्नो स्रोत, सत्ता स्थापित गर्छ भनेझैँ विश्वको शक्तिशाली अमेरिकाले शक्ति प्रदर्शन गरिरहेको छ। नेपालको छिमेकी भारत र चीन विश्वमा शक्तिशाली बन्ने दौडमा छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका निर्णय भटाभट कार्यान्वयन हुँदा नेपाललाई एमसिसी परियोजनाका लागि स्रोत जुटाउनुपर्ने चुनौती थपिएको छ। नेपाली काँग्रेस र नेकपा एमालेको जोडबलमा सुरु भएको हो एमसिसी परियोजना।
अमेरिकी सेना नेपाल आउने सम्मका अफवाह फैलाएर राजनीतिक दुनो सोझ्याउने खेल भए। एमसिसी आउन नदिएर चीनबाट बीआरआई परियोजना भित्र्याउन अहिले पनि लबिङ चलिरहेको छ।
अमेरिकी अनुदान थियो भने चीनको ऋण हो। शक्तिशाली देशहरू अनुदान दिएर होस् या ऋण बोकाएर, गरिब र साना देशहरूमा हैकम लादिरहेका छन्। यतिबेला भने विश्वभर मानवअधिकारको वकालत गर्न लगानी गरेको युएसएआइडी संस्था नै बन्द गरिदियो अमेरिकी प्रशासनले।
नेपालको डेमोक्रेसी र मानवअधिकारका लागि प्राप्त हुने अमेरिकी अनुदान पनि बन्द भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले गरेका निर्णयको प्रभाव मूल्याङ्कन भइरहेको छ। महिला र पुरुष दुईलिंगका व्यक्ति हुने ट्रम्पको घोषणाले ननबाइनरी व्यक्तिहरू खबरदारीमा उत्रिएका छन्।
ट्रम्प प्रशासनका निर्णयले अहिले महिलाको परिभाषामा डिबेट गर्नुपर्ने अवस्था छ। ट्रम्पलाई खुसी पार्ने अभियान चलिरहेको छ। अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र अवलोकनपछि महिला अधिकारमा लामो समयदेखि सक्रिय अभियन्ता रेणु अधिकारले भनिन्,’अहिले युएस र युकेमा महिलाको परिभाषा तयार गर्ने डिबेट चलिरहेको छ,उनले भनिन्,त्यो डिबेटलाई च्यालेन्ज दिन यो वृत्तचित्र राम्रो हुन्थ्यो भन्ने लागेको छ।’
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूमा ब्रेन जेण्डरको भूत सबार गराउन अमेरिकी लगानी भएको प्रस्ट छ। जन्मँदाको बालकले हुर्कँदै बढ्दै जाँदा महिलाको अनुभूति गर्ने र जन्मँदाको बालिकाले पुरुषको अनुभूति गर्नेलाई नेपालमा तेस्रोलिंगी पहिचान छ।
पश्चिमा देशहरूमा ननबाइनरीको पहिचान छैन। दुई लिङ्ग बाहेक अरू रोज्न पाइँदैन ती देशहरूमा। महिला र पुरुष बाहेक अन्य लैङ्गिक पहिचानलाई स्वीकार नगर्ने नीति नेपालमा घुसाउने प्रयास गर्दागर्दै युएसएडनै बन्द भयो। विवाद भने गराइदिएको छ।
महिलाको परिभाषा के हो? डिबेट सिर्जना भएको छ। ‘सबै भन्दा सुरक्षित को साथीसँग बस्दा, रुम सेयर गर्दा अनुभूत गर्थे भने गे साथीहरूसँग, स्त्रीग्न चरित्र भएको एलजीबीटीक्यू साथीहरूसँग,महिला अधिकारका लागि सक्रिय अभियन्ता अधिकारीले भनिन्,’यिनीहरूसँग रुम सेयर गर्यो भने सुरक्षित छु भन्ने फिल हुन्थ्यो।’
नेपालमा समलिङ्गी, तेस्रोलिंगीको पहिचान स्थापित छ। पश्चिमा देशहरूमा जस्तो महिला या पुरुष नै मात्र हुने परम्परा नेपालको छैन। महिला, पुरुष र अन्य लिङ्गीको पहिचान सदियौँदेखि रहेको छ। यौनिकता पश्चिमा संस्कृतिबाट आएको भन्ने छ।
तर, पूर्वीय संस्कृतिमा ६ वटा, ७ वटा, आठ वटा, सेक्सुअल ओरियन्टेसनबाट आएको समूहहरू छ। अजिमा र ६ लैङ्गिक पहिचान अवलोकन पछि अधिकारीले भनिन्,’कस्तो प्राक्टिस भएको छ? पूर्वीय ग्रन्थमा छ। पूर्वीय हिसाबमा छ, यसलाई पश्चिमी आयातित भन्नेहरूले राम्ररी यो डकुमेन्ट्री पनि हेर्नु।’
अमेरिकी अनुदान बन्द हुने बित्तिकै तेस्रोलिंगी शब्दमा बखेडा निकाल्नेहरू गुपचुप बसेका छन्। महिलाको परिभाषामा विवाद ल्याएर भागेका छन्। जेनजी पुस्ताकी भावना घिमिरेले एलजीबीटीक्यूआईको कुरा आए पनि डिस्कसन गर्ने ठाउँ भेटेकी थिइनन्। ‘त्यो अवधारणमा क्लियर नभइरहेको अवस्थामा स्थापित जुन ज्ञान हुन्छ मान्छेले त्यसैलाई प्रशिक्षित गर्छ,’उनले भनिन्,’छलफल, कुरा गर्दा उनीहरू नै अट्याकमा उत्रने वाला छ।’
महिलाको परिभाषामा विवाद सिर्जना गरेका पारलिंगी बनाउने स्वार्थ समूहलाई अमेरिकी नीतिको प्रभाव परेको छ। व्यक्तिगत स्वअनुभूति तेस्रोलिंगीको भए पनि अनुदान सहयोगको बलमा पारलिंगी कन्सेप्ट (महिला वा पुरुष) क्रियट गरे। भ्रम छरे। विवाद निकाले।
विदेशीले दिएको पैसामा गर्व गरेर अरूलाई धमास दिने अवस्था होइन… (भिडियो)
इन्फरमेसनले समाजलाई नियन्त्रण गरिरहेको छ। न्यारेशन, स्टोरी क्रियट गरिरहेको हुन्छ। मानव जातीको उत्पत्ति समाजमा आउने क्रममा सृष्टि र सिर्जना भन्ने कुरा महत्त्वपूर्ण हो।
अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र अवलोकन पछि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राम लोहनीले भने,महिलाहरू किन पुजित हुन्थे भने सिर्जना र सन्तान उत्पादनमा उनीहरूको एकछत्र राज हुन्थ्यो भन्ने अवधारणामा थियो। विशेष गरी पुरुषहरू महिलाहरूलाई यौनान्द दिने साधन मात्र थिए भन्ने बुझिन्थ्यो। अहिलेको हाम्रो बुझाई छ।
सृष्टिको लागि महिलाहरू अपरिहार्य र महिला मात्र हुन भन्ने अवधारणा र ज्ञानमाथि बिस्तारै परिवर्तन भएको बताउँछन् प्राध्यापक लोहनी। ‘जब कृषि युग सुरु भयो,कृषि युगमा जमिनमा बिउ रोपेपछि बिउबाट जुन खालको फल, बाली आर्जन हुन्छ,सिर्जना हुन्छ,त्यसपछि मानिसलाई के लाग्न थाल्यो भने जसले बीज रोप्छ, सन्तान त त्यसको पो हुने रहेछ,’लोहनीले भने,’त्यो जुन ट्रान्जिसन फेज हाम्रो नयाँ न्यारेसन क्रियट भयो। नयाँ कथा क्रियट भयो, त्यो हाम्रो समाजमा पनि प्रकट भएको छ। आजको दिनसम्म आइपुग्दा त्यो अवस्था देखिन्छ।’
अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्रले समाजको जुन रियालिटी छ, त्यसलाई पेस गरेको उनले बताए। ‘महिला र पुरुष बाहेक तेस्रोलिंगी सहित विभिन्न लिङ्गहरू हुन्छन्, तिनलाई समाजले स्वीकारेको थियो। आज हामीले बिस्तारै अस्वीकार गर्दै गयौ,’उनले भने,’अजिमा देवीको रूपमा त्यो कुरा स्वीकारेका थियौ। तेस्रोलिंगी भन्ने बुझिरहेका छौँ, आधा महिला, आधा पुरुष भन्ने बुझ्छौ। अस्तित्व हामीसँग छ।’
अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र एसियाकै पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले निर्माण गरेका हुन्। अबको साता यो वृत्तभित्र पोखरामा प्रदर्शन गर्ने तयारी निर्माता पन्तले गरेका छन्।
सर्वोच्चको आदेशले उठाएका ११ प्रश्न : नयाँ महिलाको अधिकार के हुन्छ?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.