सरकार!
मेरो सोच गिरेको छ
मन डढेको छ
किनकि मेरो हरमोन बिग्रेको छ
कारण तिमी रजस्वला भयौ।
तिमीलाई कसैले निको पार्न सकेन
अब यसो गरौँ
अब त म पनि चोखिन लागेँ
वसन्त पनि आउनै लाग्यो
तिमी सके जति सबै लुट र भाग
अर्को चुनावमा हामीहरू चिहानबाट आउँछौँ
र
तिम्रो भ्रष्टाचारको भण्डाफोर गर्दै
तिमीलाई कहिल्यै रजस्वला नहुने गरी
उदाङ्गो पार्छौँ
अनि यो देशमा तिमीले लगाएको
कलङ्क पखाल्छौँ
हो सरकार!
त्यतिन्जेललाई
म रजस्वला भएको छु।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.